सिन्धुपाल्चोकमा भूकम्पका कारण विस्थापितलाई राहत लिएर जाँदै गर्दा साँगा चौक जलबिरेमा सिडिओ कृष्णप्रसाद ज्ञवाली, एलडिओ युवराज कट्टेल, कर्नल सुरेशकुमार कार्की र संविधानसभाका सभासद अग्नी सापकोटालाई रातभर नियन्त्रणमा लिएर उनीहरूले राहत बाढ्न लगेको सामाग्री लुटेर छोडेका छन्।
सिध्नुपाल्चोकका विस्थापितलाई वितरण गर्न लिएर गएका राहत सामग्री ४०० थान त्रिपाल, चाउचाउ, विस्कुटलगायत सामाग्रीहरू बिचबाटोमै लुटिएको हो।
जलबिरेका भूकम्प पीडितहरूले गएराति नियन्त्रणमा लिएर उनीहरूलाई आज बिहान मात्र छोडेका थिए।
सम्भावित आक्रमणको डर भएपछि सिडियोलाई त्रिपालले छोपेर चौतारा ल्याइएको थियो।