सँगै बसेर मदिरा सेवनपछि १ जनाको हत्या गरी फरार भएका भनिएकामध्ये एकजना आफैँ प्रहरीको सर्म्पकमा आएको प्रहरीले जनाएको छ।
२५ गते बेलुका झेनाम–१ का चुडामणि भन्ने विनोद थापाको नयाँ बन्दै गरेको घरमा बसी मदिरा खाएका झेनाम १ कै तुलाधर घर्ती र हरिबहादुर सुनार फरार रहेकोमा तुलाधर घर्ती २६ गते आफैँ इलाका प्रहरी कार्यालय होलेरीमा आएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
विनोद थापा घरबाट हराएपछि घर परिवारले खोज्दै गर्दा हिजो बिहान मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। अर्का फरार हरिबहादुर सुनारको खोजी भइरहेको प्रहरीले जनाएको छ।