मालचरी

  • Get News Alerts

united
दुध चिया –४
tata

शुक्रबारको दिन, दिउँसो चार बजेतिर मेरो अफिसको गेटमा आएर उसले भनी– आमालाई फोन लगाऊ।

त्यो उसको आदेशजस्तै थियो। पालन गरें। घन्टी गएपछि फोन उसले समाती–आन्टी, आज हजुरको छोरा मेरो घर जान्छ। पीर गर्नुपर्दैन, भोलि आइहाल्छ।

फोन मलाई दिएर स्कुटीमा बस्न संकेत गरी। म अलमलमा परें।

‘के ट्वाँ परिरको, बस पछाडि’, उसले भनी। अफिस गएर ब्याग लिएर आएँ।

पहिलोचोटी मलाई आफ्नो घर लैजाँदै थिई। मुटु ढुकढुक भइरहेको थियो। त्योभन्दा पनि बढी उसले आमासँग कति सजिलै भनीदिई– हजुरको छोरा मेरो घर जान्छ। पीर गर्नुपर्दैन, भोलि आइहाल्छ। मानौं म सानो बच्चा हुँ।

चिया पसलमा उसलाई भेटेदेखि धर्मशास्त्रका किताब पढेर ज्ञानी बन्ने मेरो सपना फिक्का भएको थियो। हुँदाहुँदा पछि त ऊ स्वंय धर्मशास्त्रजस्ती बनी। यस्तो लाग्थ्यो– मेरो ब्रह्माण्ड उसैलाई केन्द्रबिन्दु मानेर फनफनी घुमिरहेछ।

गोंगबु चोकदेखि भित्रैभित्रै म कहिल्यै नगएको ठाउँमा उसले स्कुटी लगी। एउटा नयाँ घरको आँगनमा रोकेर स्टयान्ड लगाई।

‘ऊ हाम्रो नेपालगञ्जको अफिसको स्टाफ, काम परेर आको थियो’, आफ्ना आमाबुवासँग मेरो झुठो परिचय गराई, ‘एक रात किन होटलमा बस्नु? हाम्रै घर खाली छ भनेर लिएर आको।’

‘घरै ल्याइसकेपछि झुठो परिचय किन गराई होली?’

मैले दुबै हात जोडेर नमस्कार गरें। उसले मलाई हेरी र बाँया आँखा झिम्काई।

मलाई लिएर पाहुना कोठामा राखी। कोठामा गएर कुर्तासुरवाल लगाएर निस्की। एकछिनमा हाँस्दै आएर भनी– दुध चिया पिउनुस् सर।

मैले गिलास समातें।

‘म गएँ भान्छामा, ममीलाई सघाउन’, मलाई आँखा झिम्काएर ऊ हिँडी।

चिया पसलमा चुरोटको धुँवा उडाउँदै हिँड्ने यो केटी घरमा कति सरिफ हुँदी रैछ। सम्झेर मनमनै हाँसो उठ्यो। हिजो साँझ आमा पनि भन्दै थिइन्– त्यो अस्ती आएकी नानी कस्ती शील स्वभावकी रैछिन्।

मैले कोठामा यताउति नजर डुलाएँ। ओपेरा हाउसको सामुन्ने उभिएको केटाको ठूलो तस्बिर भित्तामा टाँसिएको थियो।

ओपेरा हाउस, थेम्सको पुल, स्टाच्यु अफ लिबर्टी, कोरियाको एनसेन टावर, दुबईको ब्रुज खालिफा, मलेसियाको ट्वीन टावर अचेल काठमाडौंका घरभित्रै भेटिन्छन्।

खाना खाने बेलामा उसका बुवाले सोधे– के थरी पर्नुभो तपाईँ?
‘सापकोटा।’
‘बिहेबारी भइसक्यो?’
मैले नाइँको संकेतमा टाउको हल्लाएँ।
‘अब हुन्छ,’ उसले बीचमा प्वाक्क बोली। मैले खान लागेको गास रोकेर पुलुक्क हेरें। उसले बाँया आँखा झिम्काई।

‘बुवा के गर्नुहुन्छ?’ उनले फेरि सोधे।

अब मसँग बोल्ने शब्द भएन। केहीबेर मौनता छायो। मौनता चिर्दै उसले भनी– उसको बुवा गाउँको स्कुलमा हेडसर हुनुहुन्थ्यो। माओवादी द्वन्द्वका बेला एकदिन हेलिकोप्टरमा आएका आर्मीले सोधपुछ गर्नुछ भनेर लिएर गए। १२ वर्ष भइसक्यो अहिलेसम्म फर्किनुभएको छैन।

मैले अचम्म मानेर उसलाई हेरें– कसरी थाहा पाई यसले बुवाका बारे?

त्यसपछि कसैले केही बोलेन। हात चुठेर फेरि पाहुना कोठामा आएँ। कहिँ बुवाको प्रसंग आउनासाथ म आफूलाई निरिह ठान्छु। बुवा नहुँदा भोग्नु परेका कष्ट सम्झन्छु। साँच्ची बुवा नहुँदा जिन्दगी हरेक पाइला पाइलामा कठिन हुँदो रैछ।

मोबाइलमा म्यासेजको घन्टी बज्यो। उसले लेखेकी थिई– ढोकाको चुकुल नलगाई बस। १० बजेपछि म आउँछु।

‘फेरि के गर्न आँटी यसले’, सोचेर चुकुल नलगाई बसें।

सवा १० बजेतिर ऊ सुस्तरी कोठाभित्र पसी। डिम लाइट बाली। कुर्सी तानेर म पल्टिएको पलङको छेउमा बसी। उसको शरीरको गन्धले मेरो आङ सिरिङ भयो।

‘अचेल त्यो मगर केटी कहाँ गई, स्कुलमा उसले स्कट लगाएर चुंगी खेलेको तिमी खुब हेथ्र्यौ नि?’ उसले सोधी।

मैले ठूलै पोल खुलेजसरी आश्चार्य मानेर हेरें।

‘के हेरेको नि त्यसरी? मलाई सब थाहा भइसक्यो। दुई दिन दिउँसो म तिम्रो कोठामा गएकी थिइँ। तिम्रा सबै डायरी पढें अनि आमासँग पनि मज्जाले बात मारें,’ उसले भनी।

मैले केही बोलिनँ।

‘अनि त्यो घिमिरेकी छोरी, जसका दाजुभाइ नभएकाले तिमीहरुसँगै अदुवा र घ्युको भारी बोकेर हाट जान्थी। उसको ठूलो भारी देखेर तिमी सोच्थ्यौं, अलिकति सामान बरु मै बोकिदिन्छु, ऊ कता छ अचेल?’

मैले फेरि पनि उत्तर दिइनँ।

‘फेसबुकमा खोज न कतै भेटिन्छन् होला। बन्दुकको नालबाट राज्यसत्ता जन्मिन्छ, बुज्रुवा शिक्षा पढेर काम छैन भन्दै माओवादी बनेको तिम्रो मिल्ने साथीले त पक्कै फेसबुक खोल्या होला।’

सोचें–जसले आफ्नै बुवा कहाँ गए भन्ने १२ वर्षसम्म मेसो पाउन सकेको छैन उसलाई बालसखाको के अर्थ?

म ९ क्लास पढ्दा माओवादीले बुवासँग अत्तो थापे–कि तपाईँ पार्टीमा लाग्नुस् नभए छोरालाई भूमिगत बनाएर पठाउनुस्। त्यतिबेला माओवादीहरू दिनदिनै हाम्रो स्कुलमा आइरहन्थे।

एकदिन अखिल क्रान्तिकारीको अध्यक्ष बनेको मेरो साथीलाई उनीहरूले अबिर लगाइदिए। उसले दाहिने हात उठाएर दह्रो मुड्की कस्यो।

बिहान झोलामा किताब बोकेर ऊ र म सँगै स्कुल गएका थियौं। साँझ ऊ नयाँ राज्यसत्ता जन्माउन हिँड्यो म पुरानै बाटो एक्लै घर फर्किएँ।

त्यसको केहीदिनपछि एक साँझ स्कुलबाट फर्केर बुवाले भने– केटा, भोलि तँ र म हाट जाने। किताबसिताब हालेर झोला तयार पारेस्।
भदौ महिना त कहिल्यै हाट जानुपर्दैनथ्यो। हाट जाँदा अदुवा र घ्यु बोक्नु पर्थ्यो। किताब लिएर हाट जानुपर्ने बुवाको कुरा मैले बुझिनँ। सोध्ने आँट पनि भएन। अरुका लागि बुवा स्कुलमा मात्र हेडसर थिए मेरा लागि त घरमा पनि।

अर्को दिन बिहानै बुवाले वडा जनसरकार प्रमुखसँग हाट जाने स्वीकृति पत्र बनाए। त्यो दिन भदौरे झरी परिरहेको थियो। कर्णाली उर्लिएको थियो। डुंगामा चढ्नुअघि माझीले भन्यो–दुबैतिर बेस्सरी समाएर पुरै घोप्टो पर्नु है।

पारि पुगेपछि बुवाले भने– केटा, अब तँ सदरमुकाममा पढ्ने। बिएस्सी गरेर साइन्स टिचर बन्नुपर्छ। विज्ञान पढाउने मास्टर नपाएर हैरान भइयो।

त्यतिबेला खुब दंग परेर मैले भनेको थिएँ–हुन्छ बुवा।

त्यसपछि न दशैंमा घर गएँ, न छुट्टीमा। गाउँमा फोन थिएन। कहिलेकाहीँ चिठी पठाउँथें।

दसैं र तिहारको छुट्टीमा बुवा नै मलाई भेट्न आउँथे। आमाले घ्यु मह हालेर बनाएको कसार ल्याइदिन्थे। अनि चाहिनेजति सामान सबै किनिदिन्थे। जे मन लाग्छ खर्च गरेस् भनेर पैसा दिन्थे। त्यो पैसा म सिरानीमुनि हालेर सुत्थें। लाग्थ्यो– बुवासँग मलाई सबथोक किन्न पुग्ने पैसा छ। घर फर्किने बेला बुवा मेरो टाउकोमा जब हातले सुम्सुम्याउँथे, मनमनै सोच्थें– बुवा अब हेडसरबाट मेरा बुवामात्र भएछन्।

एसएलसी परीक्षा राम्रै भएको थियो। खुसीले बुकुर्सी मार्दै म घर गएँ। घर गएपछि थाहा भयो– बुवालाई त आर्मीले लगेको दुई महिना भइसकेछ।

‘अँ साँच्ची ती मालचरी अचेल पनि उड्छन् होला है,’ उसले मेरो स्मृतिको रिल रोकी।

‘थाहा छैन’ मैले सुस्तरी भनें।

बुवालाई आर्मीले लिएपछि सानो भाइ बेलाबेलामा रुन्थ्यो र आमालाई सोध्थ्यो– बुवा कहिले आउँछन्?

आमा झुठ बोल्थिन्– पछि मालचरी फर्कने बेलामा आउँछन्।

भाइ मालचरी आउने बेला कुरेर बस्थ्यो।
दशैंका बेला मालचरी माथि माथि आकाशमा लहर बनाएर उधोतिर जान्थे। गर्मी भएपछि त्यसरी नै उभोतिर फर्कन्थे। फुच्चे हुँदा मलाई मालचरी बनेर आकाशमा उड्न खुब रहर लाग्थ्यो। तर जब लहरबाट एकदुई वटा मालचरी छुटेर पछिपछि उडेको देख्थें, सोच्थें– ती छुट्ने मालचरी पनि मजस्तै साना होलान्। ठूला मालचरी फर्केर छुटेकालाई पनि लहरमा मिसाए हुन्थ्यो भनेर कामना गर्थें। तर अघि गइसकेका मालचरी फर्किन्थेनन्। म आफैंसँग मुर्मुरिन्थें– कस्ता मालचरी रैछन्, साना छोराछोरीलाई एक्लै छोडेर जाने?

ठूलो भए पनि मलाई बुवा मालचरीसँगै फर्किन्छन् कि भन्ने आश लाग्थ्यो भाइलाई जस्तै।

१२ वर्षमा त खोलो पनि फर्किन्छ भन्छन् तर हाम्रा बुवा फर्केनन्। सोच्दासोच्दै भावुक भएँ। आँखा रसाए।

‘हेर, छोरो मान्छे भएर नि रोको’उसले बिस्तारै हत्केलाले मेरा आँशु पुछिदिई। अनि मेरो छातीमा सुस्तरी आफ्नो टाउको राखेर पल्टिई।
***
‘तिमीलाई राम्ररी मोटरसाइकल चलाउन आउँदो रैनछ, खै लेऊ म चलाउँछु’, नारायणघाटको पुल कटेसी उसले भनी।
‘थानकोटको ओह्रालोमा मैले ल्याएँ, मुग्लिन तलको धुलोमा मैले कुदाएँ। अब सम्म हाइवे आएसी चलाउन आउँदैन रे’ मोटरसाइकलमा ब्रेक लगाएर उसलाई आँखा तरें।

‘त्यत्तिकै मागे तिमी दिँदैनौ नि, केटी मान्छेले मोटरसाइकल चलाउन हुन्न भन्दिन्छौ,’ उसले हेलमेट लगाई र ऐना मिलाई।

‘यी यसरी चलाउनुपर्छ’, खाली अनि सिधा बाटोमा उसले एक्सिलेटर बटारी।

मेरो गाउँसम्म मोटरसाइकलमा जाने योजना उसकै थियो। एकदिन कोठामा आएर आमालाई साँची राखेर उसले मलाई गाउँ जाने कुरा सुनाई। आमाले पनि केही सोच्दी नसोची हुन्छ भनिदिइन्। ऊ कसरी आमाकी त्यति प्यारी बनी? मलाई अचम्म लाग्यो।

‘त्यति टाढा सकिन्नँ मोटरसाइकलमा जान’, मैले नाइँ भनें।

‘मान्छे चन्द्रमामा पुगिसके तिमी गाउँ जान सकिन्न भन्छौं,’ उसले भनी, ‘हिम्मत गर हिम्मत। नभए हिम्मत कसरी जुटाउने मबाट सिक।’

‘ओई हिम्मतवाली, बिस्तारै चलाऊ,’ स्पीड इन्डिकेटर ७० कटेको देखेपछि मैले भनें, ‘नत्र अहिले फेरि यमराजका दूत आउलान्।’

‘तिमीलाई थाहा छ, मैले अहिले के सोचिरहेकी छु?’ उसले गेयर घटाई।

‘केही अन्टसन्ट सोची हौली, कतै रोकेर चुरोटसुरोट खाने’, मैले भनें, ‘राम्रो कुरा त तिम्रो दिमागमा कहिल्यै आउँदै आउँदैन।’

‘अन्टसन्ट होइन, यसरी नै तिमी र म विश्वयात्रामा निस्केको भए क्या मज्जा हुन्थ्यो होला है, कतै पहाड, कतै मरुभूमि अनि कतै समुद्री तट।’

‘केही मज्जा हुन्थेन। बाइकमा चढेर गएकाहरु लठ्ठी टेक्दै फर्कनुपर्थ्यो ’, मैले हाँस्दै भनें, ‘तिमी त झन कपाल फुलेकी कुप्री बुढी भइसक्थ्यौ।’

उसले एक्सिलेटर फेरि बेस्सरी बटारी।
***
अर्कोदिन ४ बजेतिर हामी गाउँ पुग्यौं। पश्चिमतिरको डाँडोमा डुब्न लागेको सूर्यले आधा गाउँ छाँया थियो आधा घाम। केही वर्षपहिले म यतिबेलै घर फर्कन्थें स्कुलबाट। खरले छाएको घरको छानोमाथि निस्केको धुँवा देखेपछि आमाले के खाजा पकाएकी होलिन् अनुमान लगाउँथें। राति पढ्न टुकी बाल्ने बत्ति बनाउँथे।

अहिले धेरै घरका छानामा टिनका पाता टलक्क टल्किए। छेउमा सोलारका प्यान देखिए। कर्णालीमा झोलुंगे पुल बनेको रैछ। नुन, तेल बोकेका गाडी गाउँको बजारसम्म आउँदा रैछन्। बुवाले पढाउने स्कुल बिएड क्याम्पस बनिसकेछ।

‘खै तिम्रो घर कुन हो?’ उसले सोधी।

हाम्रो घर भएको ठाउँ हेरें। त्यहाँ केही काठ र ढुंगामात्र थुप्रिएको थियो। १२ वर्षसम्म कोही नबसेपछि घर कसरी घर रहिरहन सक्थ्यो र। मैले उसलाई चोर औंलाले घर भएको ठाउँ देखाएँ। मोटरसाइकल त्यहीँ छोडेर हामी हिँड्यौं।

बुवा भन्थें– जिन्दगीमा साह्रै गाह्रो पर्यो, सरसल्लाह दिने मान्छे कोही भएन भने घरका जुवाभाटासँग सोध्नु, अनि जे राम्रो लाग्छ त्यही गर्नु।

एसएलसी पास भएपछि मैले कहाँ, के, कसरी पढ्ने निर्णय गर्न सकिनँ। पहिला पो बुवा थिए र सिरानीमा हाल्ने पैसा दिन्थे। बुवा नभएपछि घर खर्च चलाउन एक एक पैसाको हिसाब राख्नुपर्थ्यो। त्यसमाथि बेलाबेलामा माओवादीहरु अभियानमा लैजान्थे।

अर्को वर्ष मामाले आमा र भाइसहित काठमाडौं बोलाए। बुवालाई सम्झँदै तिनै जुवाभाटाको स्वीकृति लिएर मैले आमालाई भनें– म उतै पढ्छु, काम पनि गर्छु। जाऊँ आमा काठमान्डु।

मेरो निर्णयका साक्षी ती जुवाभाटा केही कुहिइसकेका थिए। केही धमिराले खाएर सक्न लागेको थियो।

नयाँ राज्यसत्ता जन्माउन हिँडेको साथीको घर हेरें। त्यसको छानो पनि झारपातले ढपक्कै थियो।

उसले काठ यतउता पल्टाई। एउटा लठ्ठी समाती। जमिनमा धर्का तानी। ‘यहाँनेर भान्छा, यहाँनेर गेष्टरुम, यहाँनेर पूजा कोठा अनि यहाँनेर हाम्रो बेडरुम बनाउनु पर्छ’, पुलुक्क मेरो अनुहारमा हेरी र थपी ‘यहाँनेरचाहिँ तुलसी रोप्नुपर्छ। बुझ्यौ, पक्की घर बनाउनुपर्छ कहिल्यै नभत्किने।’

‘हँ, के भन्या?’, म अलमलमा परें।

उसको मोबाइलको घन्टी बज्यो। ‘अँ बुवा म यहाँ आरामसँग पुगें’, उसले भनी, ‘अनि नि अर्को खुसीको कुरा पनि छ– मैलें तपाईँलाई ज्वाइँ खोजिसकें।’

उताबाट के भने मैले सुनिनँ।
‘अस्ति नै मसँग आको थियो नि, शिरिषकुमार सापकोटा। हो, ऊ नै हो तपाईँको ज्वाइँ। देख्नुभो तपाईँकी छोरी कति स्मार्ट छ, ख्यालख्यालमै ज्वाइँ पनि खोजी सकी।’

उसले फोन राखेर मलाई बाँया आँखा झिम्काई।

‘के नचाहिने कुरा गरेकी। बौलायौ कि क्या हो?’

‘छोरामान्छेले आफैं बुहारी खोज्दा चाहिने कुरा हुने छोरी मान्छेले आफैं ज्वाइँ खोज्दाचाहिँ नचाहिने कुरा कसरी हुन्छ, धर्मशास्त्रमा पनि वधुले वर आफैं छान्थिन नि, होइन?’

‘छान्थिन् तर यसरी मान्छेलाई सक हुने गरी सुटुक्क होइन’, मैले हाँस्दै भने, ‘सबैलाई पहिले नै थाहा हुन्थ्यो। सभा नै आयोजना गरिन्थ्यो।’

‘तिमीलाई थाहै छैन म कति स्मार्ट छु’, उसले लठ्ठी भुइँमा राखेर भनी, ‘मैले पनि यो सब तयारी गरेरै गरेकी हुँ। त्यो चिया पसलमा तिमीसँग बोलेदेखि, तिम्रो कोठामा गएको अनि बुवा आमालाई तिमीलाई देखाउन मेरो घर लगेको सबै कुरा मैले धेरै सोचेर योजना बनाएर गरेकी हुँ। मैले त अरु पनि योजना बनाएकी छु। सुन्छौ?’

मैले भनको संकेतमा टाउको हल्लाएँ।

‘अब हामी काठमाडौं नफर्किने,’ उसले आएर मेरो हात समाती।

‘हाम्रो जागिर, अनि मेरी आमा र भाइ?’

‘छोडदेऊ, त्यस्ता जागिर। यहाँनेर राम्रो पक्की घर बनाउने। घर बनेपछि आमा पनि फर्कनुहुन्छ। भाइ उता पढ्दै गर्छन्। तिमीले डिग्री गरेकै छौ, क्याम्पसमा पढाउन पाइहाल्छौ। म घर व्यवहार सम्हाल्छु।’

ऊ एकछिन रोकिई। केही सोचेजस्तो गरी। फेरि भनी– अनि केही वर्षपछि साँझपख जब तिमी क्याम्पसबाट घर फर्किन्छौं, आँगनमा खेलिरहेका हाम्रा छोराछोरी दौडिदै भान्छामा आएर भन्छन्–ममी, ऊ बाबा आउनुभयो।

उसको अन्तिम वाक्य मेरो कानमा होइन मुटुमा ठोक्कियो। यताउता हेरें। चर्न गएका गाईबाख्रा घर फर्किँदै थिए। तल खेतमा एक हुल केटाकेटी चुंगी खेलिरहेका थिए। कर्णालीको झोलुंगे पुल तरेर कोही गाउँतिर आउँदै थियो। माथि डाँडामा अलिकति पहेँलो घाम बाँकी थियो। डाँडाभन्दा माथिको आकाशमा एक लहर मालचरी उभोतिर उडिरहेका थिए...(समाप्त)

यी पनि पढ्नुस् 

दुध चिया

छुर्पी

काठमान्डु कलिङ

@bhanubhakta567

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट