दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या भएको आठ वर्षपछि अभियुक्तहरूलाई मुद्दा चलाएर वाहवाही कमाएका इन्सपेक्टर विनोद शर्माको कोशी अञ्चल प्रहरी कार्यालयमा सरुवा भएको छ । दैलेखबासी, पत्रकार र अधिकारकर्मीले सोमबार उनको अश्रुपूर्ण बिदाइ गरे ।
शर्माले बाह्रवर्षे करिअरमा अपराध अनुसन्धानमा नाम कमाएका छन् । उनलाई सरुवा गरिएको अञ्चल कार्यालय भने इन्स्पेक्टरका लागि ‘अतिरिक्त समूह’ सरह मानिन्छ ।
शर्माले माओवादी सरकारको चाहनाविपरित डेकेन्द्रका हत्यारालाई उधिनेर अदालत पुर्याएका थिए । माओवादीको आँखी बनेका शर्मा तीन साताअघिको बढुवामा पनि अन्यायमा परे । अहिले तटस्थ सरकार पालाको सरुवामा पनि प्रहरी नेतृत्वले उनलाई दण्डित गरेको छ ।
ज्यानको बाजी थापेर कर्तव्य पालन गर्दा लगातार तारो बनिरहेका शर्माले बढुवाजस्तै सरुवामा पनि ठूलो गुनासो गरेका छैनन् । ‘सरुवा–बढुवाभन्दा कामले ठूलो भइन्छ’ भन्ने मान्यता बोकेका शर्मास“ग सेतोपाटी संवाददाता किरण भण्डारीले गरेको टेलिफोन कुराकानी ।
तपाईंको बिदाइ भव्य भयो ?
– नेपाल प्रहरीका ७ सय ५५ जना इन्स्पेक्टर सरुवा भए । दैलेखमा १७ महिना बस्दा मैले गरेका काम–कारबाहीको तारिफ गर्दै दैलेखबासीले बिदाइ गर्नुभयो । इन्स्पेक्टरले यस्तो सम्मान विरलै पाउँछन् । यसले मलाई झनै कत्र्तव्यपरायण बनाएको छ ।
दैलेखमा यहा“ले सम्झिनलायक के काम गर्नुभयो र ?
– म दैलेख आएपछि पुराना फाइल खोतलेँ । मुल्तवीमा बसेका १५ वटा केसको अनुसन्धान थालेँ । मुद्दा चलाएँ । कतिपय फरार अभियुक्त समातेर थुनामा राख्न सफल भयौं ।
सत्र महिनाको सबैभन्दा ठूलो उपलब्धि ?
– पत्रकार डेकेन्द्र थापाको अनुसन्धानमा पाएको सफलताले म सबभन्दा सन्तुष्ट छु । आठ वर्षदेखि थन्किएको केसको अनुसन्धान आफैंमा रोमाञ्चक थियो । पा“चजना अभियुक्त पक्राउ गरेर अदालतमा पेस गरियो । अरू चारजनाको पनि खोजी गरिरहेका थियौं । प्रधानमन्त्री, महान्यायाधिवक्ता र आफ्नै संगठनका ठूलाबडाहरूको दबाबका बाबजुद मुद्दा चलाउन सफल हुनुले यो सा“च्चिकै उपलब्धिपूर्ण नै भयो । आमनागरिक, साथीभाइ, अधिकारकर्मी र पत्रकारले मलाई यो केसमा स्याबासी दिएर अमूल्य प्रोत्साहन दिएका छन् ।
ठूलाबडाहरूले नचाह“दा पनि मुद्दा चलाउन सकिँदो रहेछ ?
– हामीले कानुनले दिएको अधिकार प्रयोग गर्ने हो । आफूलाई ठूलाबडाको प्यारो बन्नु छैन भने जुनसुकै केसमा प्रहरीले मज्जाले काम गर्न सक्छ । कानुनभन्दा माथि कोही हु“दैन ।
डेकेन्द्रको केसमा हामीले बहुतै ठूलो काम गरेको हैन । कानुनको त्यही अधिकार प्रयोग गरेका हौं । म १२ वर्षे करिअरमा अपराध अनुसन्धानमा केन्द्रित रहेँ । त्यो अनुभवले पनि डेकेन्द्रको केसको अंग पु¥याउन सजिलो भएको हो ।
अहिले सरुवा भएको कोशी अञ्चल कार्यालयमा पनि अपराध अनुसन्धानको अनुभव काम लाग्छ ?
– फुट्टी काम लाग्दैन । त्यो अनुगमन कार्यालय मात्र हो । प्रहरीमा अञ्चललाई अतिरिक्त समूह नै मानिन्छ । माथिबाट आएको चिठ्ठी तल र तलबाट आएको पत्र माथि पठाउने काम मात्र हुन्छ । हुलाकीको काम गर्ने अड्डामा मेरो अनुभवको के काम ?
दुर्गम जिल्लामा काम गरेरै ख्याती कमाउनुभएको यहा“लाई किन विश्राम दिइएको त ?
– त्यो त संगठनले जान्ने कुरा भयो । हामीले त निर्णयको पालना गर्ने न हो । धेरै वर्ष दुःख ग¥यो, अब थकाई मारोस् भनेर माया गर्नुभएको होला । मलाई भने घ्यू पचेको छैन । सुखभन्दा दुःखै गर्न पाइयोस् भन्ने लागेको छ ।
कमाइधमाइ हुने ठाउ“ वा लाइन वा काठमाडौं उपत्यका मैले अहिलेसम्म पाएको छैन । चाहिएको पनि छैन । कसैले तुर्न नसकेको केसको अनुसन्धान गर्ने धित मरेको छैन ।
सिनियर भएर पनि डिएसपी बढुवामा पर्नु भएन, अहिले पनि दण्डजस्तै सरुवा भयो, कस्तो लागेको छ ?
– डेकेन्द्रको अनुसन्धानमा हात हाल्दा नै मलाई यो सबै अनुमान थियो । मुखमा आएको बढुवा माया मारेरै सत्ता समीकरणको कुनै पर्वाह नगरी माओवादी कार्यकर्ताहरूलाई पक्राउ गरेको हु“ । मलाई बढुवाभन्दा कानुन पालना महत्वपूर्ण लाग्यो, लागिरहेको छ ।
फुलीले हैन कामले ठूलो भइन्छ भनेर बाघको खोरमा पसेको हु“ । मलाई बढुवा भएन भन्ने चिन्ता छैन । सरकार÷संगठनले बढुवायोग्य नदेखेरै नदिएको होला । कामकै बलमा एकदिन संगठनलाई बढुवा दिन बाध्य बनाउ“छु भन्ने प्रतिज्ञा गरेको थिए । अब काम गर्ने मैदान नपाइने भयो, खिन्न लागिरहेको छ ।
बढुवा नपाएका कतिपय इन्स्पेक्टरले मुद्दाको तयारी गरेका छन्, तपाईं पनि हुनुहुन्छ ?
– अह“ छैन । साथीहरूले काठमाडौंबाट खबर गरेका थिए । तर मलाई मुद्दा हालेर माथि उक्लिने रहर छैन ।
किन ?
– मलाई अन्याय भएकै हो । ५८ जना बढुवा भएकामा ५० जना मभन्दा जुनियर छन् । उनीहरूको फुली खोसेर मलाई पाऊँ भनेर मुद्दा हाल्नुप¥यो । तीमध्ये धेरै स“गै परेड खेलेका साथीभाइ हुन् । द्वन्द्वकालमा हत्केलामा ज्यान राखेर चाउचाउको भरमा स“गै अपरेसनमा निस्किएका साथीभाइ पनि छन् । तिनलाई हटाएर मलाई पद देऊ भनेर के अदालत जानु ? उनीहरू डिएसपी भइयो भनेर उत्सव मनाइरहेका छन् । ती साथीभाइलाई प्रताडित गरेर के ठूलो पद खानु ?