नेपालका भूकम्प पीडितको सहयोग एवम् उद्वारका लागि चीन सरकारले थप जहाज पठाउन लागेको जनाएको छ ।
पीडितका लागि सहयोग सामग्री उपलब्ध गराउन, सहायता वा उद्वारका लागि आइएल ७६ नामका थप छ वटा जहाज नेपाल पठाउन तयारी अवस्थामा राखिएको चिनियाँ एयरफोर्सले जनाएको छ ।
ती जहाज चिनियाँ सहर सेङ्दु र काठमाडौंका लागि कम्तीमा पनि १३ पटकसम्म उडान गर्नसक्ने एयर फोर्सका कर्णेल सेन जिङ्कले जानकारी दिएका छन्।
ती उडान मङ्गलबार रातिदेखि नै सुरु हुने पनि उनले बताए । ती जहाजले पीडितका लागि पाल, खाद्यान्न, जेनेरेटर लगायतका सामान बोक्नेछन् ।
यसअघि नै सो एयरफोर्सले यस्ता जहाजहरू पठाइसकेको छ । ती जहाजले अप्रिल २७ देखि मे ४ सम्ममा नेपाल चीनबीच कम्तीमा पनि २० वटा उडान गरिसकेका छन् । रासस/सिन्ह्वा