प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीलाई प्रधानमन्त्री कार्यालयले १२ कलेजलाई सम्बन्धन दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई औपचारिक रुपमा पत्र पठाई त्यो कार्यान्वयन नगर्न निर्देशन दिएको सचिव शान्तराज सुवेदीले सेतोपाटीलाई बताए।
‘डा. गोविन्द केसीका माग मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि १२ कलेजलाई सम्बन्धन दिने निर्णय कार्यान्वयन नगर्न भनेका छौं,’ सचिव सुवेदीले भने ।
सीटीईभीटीले महेन्द्रनारायण मेमोरियल अस्पताल र कान्तिपुर एकेडेमीलाई मैयादेवी नर्सिङ कलेज चितवन, नेपाल सञ्जिवनी इन्स्टिच्युट दाङ, पद्म अस्पताल कैलाली, सुदूर पश्चिमाञ्चल मेडिकल कलेज कैलाली, सामुदायिक जनस्वास्थ्य सेवा धनगढी, शुभकामना टेक्निकल कलेज रुपन्देही, नेसनल ह्युमन रिसोर्स डेभलपमेन्ट एकेडेमी जनकपुर, सिन्धु सदाबहार, सिन्धुपाल्चोक, सुजंग अस्पताल डोटी र भेरी कलेज बर्दियालाई शिक्षा मन्त्री चित्रलेखा यादवले सम्बन्धन दिलाएकी थिइन्।