नागरिक दैनिकमा प्रकाशित दिलशोभा दिदीमाथि लगाइएका आरोपको पुष्टि हुन बाँकी नै छ। तर एउटा कुरा के बुझ्न जरुरी छ भने उहाँको रेकर्ड गरिएको एकतर्फी आवाजले "बाल यौन दुराचार" गरेको पुष्टि हुन सक्दैन। पहिलो कुरा को ब्यक्तिसँग र केको उद्देश्यका लागि गरिएको कुराकानी हो, त्यो बुझ्न जरुरी थियो। दिलशोभा दिदीको खण्डन र पत्रिकामा छापिएको समाचार पढ्दा उहाँले प्रयोग गर्नु भएका वाक्यहरु जस्तै "रातभरि तपाईंसँग सुत्छ, माया माया माया गरेर बस्छ'" लाई यौन दुराचारको रुपमा ब्याख्या गरिएजस्तो देखिन्छ। होला, उहाँको आमा घरमा पर्याप्त सुबिधा छैन, तर यो सबै अनाथालयको समस्या हो।
धेरै सेवा भावले खोलिएका अनाथलयहरू सुबिधा सम्पन्न छैनन्। साथै उहाँले अनुमतिबिनै बालबालिका राखेको कुरा कानुन नबुझेको कुरा स्वीकार्नु पनि भएको छ। तर "बाल यौन दुराचार" जस्तो गम्भीर प्रकृतिको आरोप सँग यसको कुनै सम्बन्ध छैन। अब कि त पत्रकारहरुले "बाल यौन दुराचार" पुष्टि हुने तथ्य ल्याउनु पर्यो। होइन भने 'राती सुत्दैमा" यौन दुराचार हुन सक्दैन। यदि यो आरोपको पुष्टि भएमा कानुन बमोजिम दोषीलाए सजाय हुनु पर्छ यदि भएन भने समाचार प्रकाशन गर्ने पत्रिकालाइ के सजाय हुन्छ?