बच्चाहरुको सुरक्षाका निम्ति प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी नेपाली बजारमा भित्र्याइएकाे छ।
नेपालका लागि आधिकारिक वितरक आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटिल स्माइल्स कम्पनीले ड्रिमबेबीका सामाग्रीहरु असार ३ गते देखि भित्र्याएको हो।
ड्रिमबेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएको कम्पनीले बताएको छ। ड्रिमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु रहेका छन्।
ड्रिमबेबीका सामानहरू आइएमएस लिटिल स्माइल्स शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन्।
साथै अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अनलाइन मेगास्टोर स्मार्टडोकोमा पनि पाइन्छ। ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रिमबेबीका सामानहरूमा १० प्रतिशत छुट दिइनेछ।
ग्राहकहरूले ५ हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टर ब्राउनको ९ सय ८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्गअनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिन्छ। डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो।
यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामानदेखि लिएर पेसिफाइर, सिप्पि कप र अन्य धेरै छन्। अफर यहि २०७७ साल असार २१ गते सम्म मात्र मान्यता हुने कम्पनीले बताएको छ।
ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा खुशि लागेको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले बताएका छन्।