नेपाल वायुसेवा निगमलाई विमान भाडामा दिने भुटान एयरलाइन्सको प्रस्ताव


नेपाल एयरलाइन्सलाई विमान भाडामा दिन दुईवटा कम्पनीले प्रस्ताव पेस गरेका छन्। नेपाल एयरलाइन्सले ४५ दिनका् लागि विमान भाडा दिन भन्दै जारी गरेको विश्वव्यापी टेन्डरमा भुटानी र युक्रेनको एयरलान्स कम्पनीले प्रस्ताव गरेका नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

यसअघि पहिलोपटक सुचना जारी गर्दा पर्याप्त कम्पनीको प्रस्ताव नपरेपछि दोस्रोपटक जारी गरिएको टेन्डरमा दुईवटा एयरलाइन्सले प्रस्ताव पेस गरेका हुन्। पहिलोपटक जारी गरेको टेन्डर बैशाख २४ गते सकिएको थियो।

भुटान एयरलाइन्स र युक्रेनको स्टार एभिएसन कम्पनीले नेपाल एयरलाइन्सलाई विमान भाडामा दिन प्रस्ताव पेस गरेका छन्।

तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्ससँग रहेको बोइङ मर्मतको लागि केही समय लाग्ने भएकोले सो समयमा उडान प्रभावित नहोस भनेर विमान भाडामा लिन खोजिएको कंसाकारले जानकारी दिए।

एयरबस २१९, २२० र २२१ सिरिजको कुनैपनि रंगको विमान जुलाई २१ सम्म त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलसम्म ल्याइदिनुपर्ने शर्त राखेको छ।

प्रस्ताव आज खोलिएको र प्रस्तावहरुको प्राविधिक मूल्यांकन गरेपछि जसले थोरै रकममा विमान भाडामा दिने प्रस्ताव गर्छ उसैबाट लिइने कंसाकारले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.