संविधानको मस्यौदामाथिको छलफलमा भाग लिदै नेकपा एमालेका नेता झलनाथ खनालले भने-
नेपाली जनताले ६५ वर्षदेखि देखेको सपना आफ्नो संविधान आफैले बनाउने पूरा गर्ने अवस्थामा आइपुगेका छौ। पहिलो संविधानसभामा असफल भएपनि दोस्रो संविधानसभामा परिमारर्जित मस्यौदामा छलफल गरिरहेका छौं।
हरेक राष्ट्र विभिन्न ऐतिहासिक क्षणबाट अघि बढ्छ। यो क्षण समग्र हित र सुखद भविश्यलाई अघि बढाउने बेला हो। सबै राजनीतिक र सामाजिक शक्तिले होस पुर्याउनु पर्छ।
यस्तो अघि बढ्ने अवस्थामा पछाडि धकेल्ने शक्ति पनि शक्रिय हुन सक्छन्। त्यस्तो अवस्थामा हामीले होसियार भएर अघि बढ्नुपर्छ।
हाम्रो देश ऋषिमुनी र बुद्धको देश हो। नरेन्द्र मोदीले ऋषिमन भने पनि हामी संकटको घडिमा बुद्धमनले अघि बढ्न सकेमात्रै शान्तिको बाटोमा लक्ष्य हासिल गर्न सक्छौं। संविधान निर्माणको काम सम्पन्न गर्न बुद्धमन आवश्यक छ।
नेपालको राजनीतिक क्रान्ति दोस्रो जनआन्दोलनले नेपालको सामाजिक आर्थिक क्रान्तिलाई बाटो खोलेको छ। त्यसलाई संस्थागत गरी सामाजिक आर्थिक क्रान्ति ल्याउनु छ। संघीयता आफैमा क्रान्ति होइन। त्यो शासन प्रणाली हो। हामीले यो प्रणाली व्यापक अध्ययन र विश्लेषणका साथ गरेका होइनौ। यसको प्रयोग व्यापक हिम्मतका साथ अघि बड्नुपर्छ। त्यो सफल हुन्छ नै भन्ने हुँदैन। तर लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो ठूलो उपलब्धी हो। हामी यसबाट पछि फर्केर अब सामन्तवाद र राजतन्त्रमा फर्कन सकिदैन।
अब लोकतान्त्रिक गणतन्त्र परिस्कृत हुन्छ। त्यसको खुडकिलो संविधान घोषणा हो। हामीले केही ढिलाइ गरेका छौ। धेरै समय हामीले खर्च गरे पनि अब ढिलाइ गर्नु हुदैन। टीकापुरको घटना नेपालको शीर निहुर्याउने घटना हो। अन्य विभिन्न ठाउँमा पनि यस्ता झडपहरु हुँदैछन्। तर हामीले धर्ती जति डगमगाइरहेास आकास जति सुकै
थर्किरहे पनि संविधान जारी गर्ने कुरामा हामी डगमगाउनु हुँदैन।
अनौकन प्रकारका शक्तिले संविधान बनाउन नदिन सक्रिय रहेपनि हामी होसियारीका साथ अघि जानुपर्छ। संविधानको यो दस्तावेज अन्तिम होइन। समयको माग र आवश्यकता अनुसार संशोधन र परिमार्जन हुदै जान्छन्। हामी यहि सेसनमा पनि यसमा परिमार्जन गर्न सक्छौं। संशोधनको प्रक्रियामार्फत परिस्कृत र परिमार्जन गर्नुपर्छ। थारु, दलित, जनजातिका भावना पनि सम्बोधन गर्नुपर्छ। जनजातिको आयोग दिदा केही विग्रदैन। मुस्लीम थारुका बारेमा पनि बहस गर्नुपर्छ। हामीले यसमा अधिकतम भावना सम्बोधन गर्ने प्रयास गरेका छौं।
यसबेला हामी सडकमा खुकुरी भाला लिएर मानिसले एक जातीले अर्कोलाई आतंकित पार्ने बेला यो होइन। हामी एक आपसमा बसेर शान्तिपूर्ण वार्ताबाट समाधान निकाल्न सकिन्छ। लोकतन्त्रमा समाधान खोज्न सकिन्छ। बाग्लुङको विषयमा पनि सम्बोधन गर्नुपर्छ।
अहिले संविधान घोषणा गर्ने अन्तिम समयमा हुन नदिन कतिपय जातिवादी, क्षेत्रबादी, पृथकताबादी र प्रतिक्रान्तिकार राजावादी शक्तिहरु पनि क्रृयाशिल छन्। उनीहरू आफ्नो पूरानो स्वर्ग फर्काउन चाहन्छन्। यस्तो अवस्थामा राज्यले दृढतापूर्वक त्यसको सामना गर्नुपर्छ।
मेचीदेखि महाकालीसम्मका मधेसी जनता पनि चाडो भन्दा चाडो संविधान आओस भन्ने चाहन्छन्। चाडो भन्दा चाडो संविधान ल्याएर सुशासन र विकासमा अघि बढ्नु पर्छ। त्यसका लागि सम्पूर्ण परिवर्तनकामी शक्तिहरु एक भएर सिंगो देशलाई एकताबद्ध गराएर अघि जानुपर्छ।
यो मस्यौदाले क्रान्तिका उपलब्धी संस्थागत गर्न सम्पूर्ण नेपालकिो मौलिक हक सुरक्षित गर्न र नेपालको परिभाषा सुन्दर ढंगले गरेको छ।
संविधानमा हुनु पर्ने सम्पूर्ण आधारभूत अभयहरु यस मस्यौदाले अघि सारेको छ। यो संविधान महिला, दलित, जनजाति, मुस्लिम, तराई मधेस मैत्री र वातावरण मैत्री र ३ करोड जनताको जनमैत्री संविधान हुनु पर्छ। एकताबद्ध भएर चाडो यो संविधान जारी गर्नु पर्छ। समस्या आइरहन्छन् त्यसको दृढभएर समाधान गर्नु पर्छ।