महाभूकम्पले सर्वाधिक क्षति पुर्याएका जिल्लामध्ये तेस्रो जिल्ला नुवाकोटमा दलहरू र प्रशासनबीच असमझदारी उत्पन्न हुँदा पीडितले समयमा राहत पाउन सकेका छैनन् । कान्तिपुर दैनिकमा समाचार छ ।
सरकारबाट यसै पनि जिल्लाहरुमा अपर्याप्त राहत पुगेको छ ।
त्यसलाई बाँड्नेबारे छिमेकी जिल्लाहरू लागिरहे पनि नुवाकोट भने महाविपत्तिको आठौं दिन बित्दासम्म अलमलमा छ । सदरमुकाम विदुरस्थित कर्मचारी मिलन केन्द्रमा हरेक दिन दैवी प्रकोप उद्धारसमितिको बैठक भनाभनबाट सुरु भएर बाझाबाझमा टुंगिन्छ । सभासद् राधिका तामाङ भन्छिन्, ‘बैठकमा कुनै योजना बन्दैन । निर्णय पनि हुँदैन ।’
तीन प्रत्यक्ष र पाँच समानुपातिकसहित आठ सभासद् रहेको यो जिल्लाबाट सरकारमा दुई प्रभावशाली मन्त्री छन्, अर्थमन्त्री रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे ।