चुनावको सन्दर्भमा एउटा नितीकता प्रासंगिक हुन्छ। एक ठूला ऋषिको कुटिमा सानो मुसा थियो। ऋषिले मुसालाई सार्हैग माया गर्थे। एक दिन मुसाले ऋषिलाई भन्यो, 'मुनिवर, आश्रम बरिपरिका बिरालाहरुले मलाई दुःख दिन्छन, तपाईँले आफ्नो शक्तीले बिरालो बनाईदिनु भयो भने म सुरक्षित हुने थिएँ।'
ऋषिले मुसालाई बिरालो बनाईदिए। बिरालो भएपछि मुसा दंग पर्योल र आँगनबाहिर खेल्न जान सक्ने भयो। कालान्तरमा मुसाले फेरी ऋषिसँग गुनासो गर्यो । 'मुनिवर, छिमेकका कुकुरहरुले सार्हैई दुखः दिए।' ऋषिले बिरालो रुपी मुसालाई कुकुर बनाइदिए। कुकुर भएपछि उ झनै दंग पर्यो र परसम्म नै विचरण गर्नसक्ने भयो। केही कालपछि उ फेरि ऋषिसँग गुनासो गर्न गयो, 'जंगलमा बाघहरु रहेछन्, मलाई बाघ बनाईदिनु भयो भने कसैसँग पनि डराउनु पर्दैन, तपाईको सुरक्षा पनि गर्न सक्ने थिएँ।'
ऋषिले बाघ बनाइदिए। बाघरुपी मुसा सार्है् खुशी भयो, ऋषिलाई दण्डबत गर्दै उफ्रिन थाल्यो। केही समय बित्यो। एक दिन बाघरुपी मुसाको मनमा एउटा बिचार आयो, 'यो बुढालाई खाईदिएँ भने त म सधैं बाघ नै भैरहन पाउँथे।' ऋषिले यो कुरा थाहा पाईहाले र तुरुन्त श्राप दिए, पुनः मुशिको भव: अर्थात फेरि मुसै होस्।
नेपालमा माओबादीको निर्बाचन पछाडिको अबस्था यही हो। देशी बिदेशी शक्ति केन्द्रहरुको चलखेलमा खेल्दै शक्ति आर्जन गर्दै गएको माओबादीले नेपालीलाई पनि भ्रममा राख्न सफल भयो। पुराना दलहरुको असक्षमता र भ्रष्टाचारमा चुर्लुम्म डुबेर देशमा आएको प्रजातन्त्रलाई पजेरो प्रजातन्त्रमा परिणत गरेको अबस्थामा निराश जनताहरुले डर, त्रास र आसले पहिलो निर्बाचनमा अत्याधिक मत दिए। हो त्यसबेला धेरै ठाउँमा संबिधान सभा२ मा गोरखामा भएजस्तै गरी मतदान भएको थियो। तर पनि मानिसहरुले यस्तो लडेर आएकाहरुले त देशको अबस्थामा सुधार गरिदेला नि त भन्ने झिनो आशाले सबै कुरा नदेखेझैं गरे।
विगत ७ बर्षमा त त्यस भन्दा अगाडि ओरालो लागेको अर्थतन्त्र त झनै खराब पो हुन लाग्यो। स्बदेशमा रोजगारी पाउन नसकेर बिदेशमा सस्तो श्रम गर्न जाने युबाहरुको संख्या त ह्वात्तै बढ्न थाल्यो। नेपालीहरुको मुक्तिका लागि लडेका भन्नेका नेताहरुका टावर खडा हुन लाग्यो। प्रजाबाट स्बतन्त्र भएका जनताहरु माथि नवराजा र नवयुबराजहरुको हैकम पो लादिन लाग्यो।
आफैंले बाघ बनाएको दलले आफैंलाई खाने अबस्था आएको देखेपछि त जनताले यो संबिधानसभाको निर्बाचनमा पुनः मुसा नै बनाइदिए।
अब्राहम लिंकनको प्रसिद्ध भनाइ छ, केही मानिसहरुलाई सधै मुर्ख बनाईरहन सकिन्छ, सबै मानिसहरुलाई केही समय मुर्ख बनाउन सकिन्छ, तर सबैलाई सँधै मुर्ख बनाईरहन सकिँदैन।
अहिलेको सूचना प्रबिधिको ब्यापक प्रयोग गर्न सक्षम नेपालीलाई जातीय द्वन्द्वमा अल्मल्याएर बिदेशी शक्तिकेन्द्रको आडमा आफू संधै सत्तामा टिकिरहने सपना कसैले पनि देख्ने मुर्खता नगरे हुन्छ।
ध्बंसात्मक दिमागबाट सृजनात्मक कामको आशा गर्नु हाम्रो भुल थियो। यो भुललाई हामीले मतदानवाट सच्याउन सफल भएका छौं। यो शक्तिभित्र पनि सदाचारी, इमान्दार र राष्ट्रबादीहरु पक्कै छन्। ती राम्राले अब सृजनात्मक दिमाग बनाउँदै, ईमान्दार बनेर, देशलाई बिदेशीको चलखेल गर्ने प्रयोगशाला बनाउन छोडेर, अपराधी र भ्रष्टाचारीहरुको साथ छोड्दै देश बनाउनेतिर लाग्नु पर्छ। रत्नाकर डाँकु त सुध्रेर साधु बन्न सकेको झैं मन वचन र कर्मबाट नै आफूलाई परिवर्तन गरुन् भन्ने कामना सबै नेपाली गर्छन्।
अर्कोतर्फ जनमतबाट ठूला पार्टी बन्न सफल कंग्रेस र एमाले पार्टीहरुले पनि आफूले बिगतमा गरेका गल्ति पुनः नदोर्यारउने प्रण गरुन्। प्रजातान्त्रिक शक्तिहरुलाई मिलेर संबिधान बनाउ र देशमा आर्थिक बिकास गर भन्ने जनमतको चाहनाको उपेक्षा गर्दै भ्रष्टाचार गर्न मन्त्री र प्रधानमन्त्री बन्ने जोड घटाउमा लाग्दैनौं भन्ने प्रण गरुन्।
नेपालको ४६ सालको परिबर्तन र दक्षिण अफ्रिकामा भएको परिबर्तन लगभग सँगसँगै भएको थियो। त्यहाँ भएको चुनाबमा नेल्सन मण्डेलाको नेतृत्बमा अफ्रिकी नेसनल कंग्रेसले दुईतिहाई सिट जित्यो। उनि महान थिए, उनी भन्थे, यो जित सबैको हो, कालाको पनि हो गोराको पनि हो” हाम्रो संघर्ष सबैको समानताको लागी हो। एउटा सानो दल थियो जुलु ईन्काथा पार्टी, तर उग्र हिंसात्मक नै थियो। महान नेल्सन मण्डेलले आफ्नो मन्त्री मण्डलमा जुलु ईन्काथा पार्टीका मोन्गेत्सो बुथेलेजीलाई पनि मन्त्री बनाए। बिस्तारै गोरा र कालाहरु बिचको डर त्रास आत्मीयतामा बदलिँदै गयो। आज दक्षिण अफ्रिका बिकशित देश हुन पुगेको छ।
४८ सालको चुनाब पछि ४६ सालका परिबर्तनका शक्तिहरु मिलेर देश बनाउने दृढता र ईमान्दारिताका साथ लागेका भए अहिले नेपाल पनि आर्थिक रुपमा सबल राष्ट्र भैसक्ने थियो। समयले हामीलाई फेरि एउटा मौका दिएको छ, देशको मुहार फेर्ने। सबै राजनीतिक नेतृत्बलाई हामी सबै नेपालीको अपिल छ, ब्यक्तिगत, पारिबारिक र दलीय स्वार्थबाट माथि उठ्नुहोस, देशलाई आर्थिक क्रान्त्रिको बाटोमा लग्नुहोस, प्रण गर्नुहोस् 'हामी भ्रष्टाचार गर्दैनौं।'
अन्त्यमा निर्वाचनको बेलाको एउटा मार्मिक प्रसंग जोड्न चाहन्छु। मेरा एक मित्र मतदान अधिकृतको बुथमा एक जापानी पर्यबेक्षक आएर यो मतपेटीका मेरो देशले दिएको हो भनेछन्। ती मित्रलाई भित्रसम्म बिझेछ नाथे एउटा मतपेटिका किन्न त नसक्ने हामी नेपालीले आपसी द्वन्द्वमा कति समय बित्थामा खर्च गर्यौं। सबैलाई चेतना भया, 'माग्नेको घर टुक्रा गर्दैमा धनी हुँदैन।'