आज सामाजिक सञ्जालका भित्ताभरि गुरुपुर्णिमाको अवसरमा लेखिएका शुभकामनाहरु देखिएका छन्। कसैले आफुलाई अक्षर सिकाउने गुरुलाई त कसैले व्यवसायिक वाटोमा डोहोर्याउने गुरुलाई सम्भि्करहेका छन्। यीनै सन्देश हेर्दै आफ्नै ल्यापटपको अगाडी म घोत्लिएको छु। मेरो मानसपटलमा स्कुले जीवन नाचिरहेको छ।स्कुले जीवनमा पढ्न सिकाउने, क ख गका अक्षरहरु सिकाउने शिक्षकहरुको धमिलो आकृतिहरु मेरो मानसपटलमा आईरहेको छ। उच्च शिक्षामा अध्यापन गर्ने गुरुहरुलाई म सम्भि्करहेको छु। मेरो जीवनमा शिक्षक बनेर आएका कयौंलाई मैले भुलिसकँेछु। कतिपयलाई सम्भिँ्कदो त रहेछु तर सम्भिँ्कदै मन अमिलो हुँदोरहेछ। कतिपय गुरुलाई सम्भि्कँदा मेरो शीर एकाएक झुक्यो। मेरो मनले भन्यो “त जे छस्, जस्तो छस् तिनै गुरुको कारणले छस्। र, जीवनमा जे जति गर्न सकिस्, त्यो पनि तिनै गुरुको कारणले हो।”
कुरा २०५४ सालको हो। म रामेछापको बावियाखर्कको शारदा संस्कृत माविमा कक्षा ८ मा पढ्थँे। एकजना शिक्षक हिसाब पढाउँदै थिए। उनको पढाउने तरीका निकै निरस थियो। हामीले उनको पढाई बुझिरहेका थिएनौं। अरु साथीहरु बोलेनन्। तर मैले आँट गरेर अलि बुझ्ने गरी पढाउन भनेँ। उनले खै के सोचे कुन्नि? बुझ्ने गरी पढाउनुको सट्टा मलाई बेस्मारी पिटे। म रोएँ। तर मैले प्रश्न गर्न छाडिनँ। ती शिक्षकले मलाई त्यसपछि कहिल्यै माया गरेनन्। कलिलो मानसपटलमा यही समयदेखि शिक्षकप्रति नकारात्मक धारणा विकास भयो। गणित विषयप्रति पनि वितृष्णा पैदा भयो। ती शिक्षकको यही व्यवहारका कारण मैले विद्यालय परिवर्तन गरेँ। कक्षा ९ मा सदरमुकाम मन्थलीस्थित तत्कालिन श्री महेन्द्रोदय उमाविमा भर्ना भएँ।
यसपछि मैले २०५७ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेँ। कुन विषय पढ्दा भविष्यमा के अर्थ राख्छ? वा मेरो भविष्यमा के कस्तो प्रभाव पार्न सक्छ भन्ने बारेमा मलाई थाहा थिएन। मैले स्कुलमा मलाई पढाउने कयौं शिक्षकलाई सोधेँ। तर मेरा प्रश्नको उपयुक्त र मायालु जवाफ मैले थोरै शिक्षकहरुबाट मात्र पाएँ। धेरैबाट रुखो र व्यंग्यात्मक जवाफ पाएँ। बद्लिँदो विश्व, त्यसले सृजना गरेका सम्भावनाका क्षेत्रहरु र त्यस्ता क्षेत्रहरुमा आफ्नो उपयुक्त र बलियो स्थान बनाउनको लागि वालबालिकाले पढ्न सक्ने विषयहरुको बारेमा सही सल्लाह कसैबाट पाउन नसक्दा म कुहिरोको काग बनेँ। सुन्दर भविष्यको सपना देख्ने तर अगाडी बढ्न नसक्ने दलदलमा भासिएँ।
त्यो दलदले हिलोबाट पनि म शिक्षककै साहारामा बाहिर निस्किएको हूँ।
ती दुवै घटना निकै साना जस्ता लाग्न सक्छन्। तर मेरो जीवन निकै ठूलो असर पारे। पहिलो घटनाले विद्यार्थीलाई शिक्षकहरुका अगाडी प्रश्न गर्न हँुदैन, उनीहरुले जे बोल्छन् वा जुन शैलीका साथ पढाउँछन् त्यही नै अन्तिम हुन्छ भन्ने बुझायो। मेरा धेरै साथीहरु त्यसैको सिकार भए। विद्यालय परिवर्तन गरेर म त्यो संकटबाट जोगिएँ।
दोस्रो घटनाले मलाई मेरो क्षमता वा अध्ययनको पृष्ठभूमीको आधारमा के कस्तो भविष्य निर्माण गर्न सक्छु? भन्ने थाहा पाउनबाट बञ्चित गर्यो। शिक्षकहरुले सही मागदर्शन नगरिदिदाँ भविष्य रनभुल्ल बन्न पुग्यो। भलै केही वर्षपछि मैले जानीनजानी हिडेको बाटोलाई बढाएर आफ्नो भविष्यको गोरेटो बनाउन सकेँ। तर यतिबेलासम्म थुप्रै समय खेर गइसकेको थियो।
मैले स्कुल जीवन सुरु गरेदेखि नै शिक्षकको व्यवहारले आकर्षित गर्न सकेन। शिक्षकको पढाउने परम्परागत शैलीले विद्यालयका सुरुका दिनहरु साह्रै निरस रहे। प्राथमिक तहमा अध्ययन गर्दा कालोपाटीमा लेख्ने र घोकाउने बाहेक शिक्षकले अन्य सिर्जनशिल तरीका अपनाएको मलाई याद छैन। मैले स्कुले जीव्ान बिताएका दुवै विद्यालयमा त्यसबेलामा पुस्तकालय थिएनन्। शिक्षकले पढाएको पाठ कण्ठस्थ सुनाउन सकेन भने दुईऔंलाको बीचमा डटपेन राखेर रघट्थे। एउटा शब्द मिलाउन सकेन वा पढाएको भन्दा फरक उत्तर भन्यो भने कुखुरा बनाउँथे। ढाडमा लठ्ठी भाँचिने गरी पिट्थे। धेरैजसो शिक्षकले सृजनशिल बन्न कहिल्यै प्रेरित गरेनन्। “सुगा” बन्न प्रेरित गरे।
म हरेक विषयमा साना वा ठूला, ठीक वा बेठीक जे हुन, प्रश्न गर्थेँ। जुन धेरै बालबालिकाले गर्दछन्। यो कसरी भयो? यसो किन हुँदैन? पुस्तकमा भएको भन्दा फरक परिभाषा किन हुन सक्दैन? म सोध्थँे शिक्षकलाई। तर मेरा प्रश्नलाई शिक्षकले सकारात्मक रुपमा लिएर जवाफ दिएका थोरै मात्र उदाहरण होलान्। किताबको विरुद्धमा कुनै प्रश्न जन्मिन सक्दैन भन्ने शिक्षकको तर्कलाई चुपचाप स्विकार्न विवश हुन्थेँ। जीवनको धेरै बसन्तपछि त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रमा एमफिलको अध्ययनका क्रममा प्रा.चैतन्य मिश्र लगायतको नजिक पुगेपछि थाहा पाएँ प्रश्न, जिज्ञासाको महत्व। धन्न, यतिञ्जेलमा मेरो प्रश्न गर्ने स्वभाव मरिसकेको थिएन।
विद्यार्थीमा जिज्ञासा र प्रश्नको भोक जगाउने काम शिक्षकले गर्नुपर्ने हो। ज्ञान निर्माणको पहिलो खुड्किलो प्रश्न र जिज्ञासाबाटै हुने हो। यही कुरा स्कुले जीवनमै शिक्षकहरुले बुझ्ने हो भने कति राम्रो हुन्थ्यो होला।
मेरो बचपनका कतिपय शिक्षक चाहन्थे मेरो आलोचनात्मक रुपमा सोच्ने दिमाग परिवर्तन गरिदिउँ। तर त्यसो भएन। यही आलोचनात्मक रुपमा सोच्ने क्षमता बिस्तार गर्नकै लागि शिक्षा, शिक्षक र अध्ययन आवश्यक रहेछ। अहिले पनि मेरो दिमागमा प्रश्न घुमिरहन्छन्। प्रा. मिश्रका अनुसार व्यक्ति, समाज र विश्वका सम्बन्धमा मानसपटलमा आईरहने प्रश्नहरुमा शक्ति हुन्छ, विद्यार्थीले यस्ता प्रश्नको जवाफको खोजीमा लाग्नु नै असल शिक्षाको प्रभाव होे। त्यसैले शिक्षकले विद्यार्थीको मानसपटलमा प्रश्न उब्जाउने र नयाँ ज्ञानको खोजीमा उत्साहित गरे उत्तम हुन्थ्यो। आफू बाँचेकेा विश्वलाई आलोचनात्मक रुपमा हेर्ने, बुझ्ने र अनुभव गर्ने चेतना विकास गर्ने काम शिक्षाको हो। मैले विद्यार्थी जीवनको माथिल्लो तहमा आईपुगेर लामो समय प्रा. मिश्रसँगको बौद्धिक सामिप्यताले यो बुझ्न पाए। प्राथमिक तहबाटै बालबालिकालाई यो कुरा सिकाउन पाए नेपालको शिक्षा क्षेत्रले कत्रो फड्को मार्थ्यो होला?
विद्यालयमा सँगै पढेका साथीहरुसँग अहिले पनि नियमित रुपमा भेट हुन्छ। उनीहरुको पिडा उस्तै छ। दिनेश श्रेष्ठ हाम्रो पालामा जिल्ला प्रथम भएको थियो। विज्ञान पढ्न चाहने दिनेशले केही शिक्षककै सल्लाहमा ओभरसियर पढ्यो। उसले तीन वर्ष अघि मात्रै विई पास गर्यो। शिक्षकको गल्ात सल्लाहले जीवनमा ५ वर्ष पछाडी परेको बताउँछ। अर्कोे साथी मुकुन्द घिमिरे पनि निकै राम्रो अंकको साथ एलएलसी पास गरेको थियो र विज्ञान पढ्न चाहन्थ्यो। तर केहि शिक्षकले विज्ञान गाह्रो हुने भएकाले व्यवस्थापन पढ्न भने। उसले पनि केहि वर्ष अगाडी विविएस पास गर्यो। कहिल्यै व्यवस्थापनमा रमाउँन सकिन भन्छ मुकुन्द। त्यसैले फरि एलएलएम गर्दैछ। धेरै साथीहरुको अवस्था यस्तै छ। शिक्षकले जानी वा नजानी दिएको गलत सल्लाहको शिकार भएर छट्पटाईरहेका छन्। हरेक विद्यार्थी उचित सल्लाह नपाएर बिग्रिरहेका छन्।
शिक्षकले सबैकुरा जान्नुपर्छ भन्ने होइन। शिक्षकको ज्ञान, सीप, अध्ययन र “एक्सपोजर”को दायरा पनि सिमित हुन्छ। तर शिक्षकले ध्यान दिनुपर्ने कुरा के हो भने आफुसँग भएको सिमित ज्ञानले विद्यार्थीको बारेमा निर्णय दिने होइन, उसलाई सोच्ने बाटो देखाइदिनुपर्छ। विद्यार्थीको दिमागमा प्रश्न जन्माई दिनुपर्छ। हरेक प्रश्नको जवाफ खोज्न हिड्नुपर्ने बाटो बताई दिनुपर्दछ। अनि विद्यार्थी आफै बामे सर्दै कोशौ टाढाको यात्रा गर्न सक्छन्। निर्भिकता र निर्भयपूर्वक प्रश्न गर्न सक्छन्। र, प्रश्नकै वैशाखीमा आफ्नो बौद्धिक जीवनलाई अगाडी बढाउन सक्छन्।
शिक्षकले विद्यार्थीलाई अगाडी बढ्ने विकल्प दिनुपर्ने हो, तर हामीकहाँ शिक्षकले निर्णय दिन्छन्। तँ यो विषय पढ् यो विषय नपढ्। यो काम गर यो काम नगर। यस्तो प्रश्न गर् यस्तो नगर् आदि। जसले गर्दा विद्यार्थीको सिर्जनात्मक क्षमता मरिरहेको छ। शिक्षकले त मेरो विचारमा तिमीले यसो गरे राम्रो हुन्छ जस्तो लाग्छ वा यो विषय पढ्दा भविष्यमा यस्तो हुन्छ यो पढ्दा यस्तो हुन्छ भनेर सल्लाह दिने हो। विद्यार्थीले आफ्नो भविष्यको निर्णय आफै लिन सक्छ। शिक्षकले त विद्यार्थीलाई सिक्ने तरीका सिकाउने हो। सोच्ने दायरा बढाइदिने हो। तर शिक्षकले यो नबुझिदिँदा वा नबुझे जस्तो गरिदिँदा कयांै विद्यार्थीको भविष्य अन्धकार तर्फ धकेलिइरहेको छ।
शिक्षकले सपना देख्नुपर्छ। आफ्ना विद्यार्थीको भविष्यको बारेमा झन् ठूलाठूला सपना देख्नुपर्छ। एउटा कलिलो बच्चाले भविष्यमा अहिले समाजमा भइरहेको भन्दा झन् धेरै काम गर्नसक्छ। शिक्षकले गर्व गनर््ा लायक क्षेत्रमा पुग्न र सफलता प्राप्त गर्नसक्छ। तर हाम्रा धेरै शिक्षकहरुसँग सपनाको कमी छ। उनीहरुको सपनाको क्षितिज निकै साँघुरो छ। आफ्ना विद्यार्थीको भविष्यलाई लिएर शिक्षकले ठूला सपना देख्नसकेे विद्यार्थीको यात्रालाई सहज बनाउदछ भन्ने चेतनाको कमी छ।
हुन त शिक्षक पनि यसै समाजका उपज हुन्। समाज जस्तो छ, शिक्षक, विद्यार्थी, विद्यालय, पठनपाठन उस्तै हुने हो। तर सिक्काको अर्को पाटो पनि छ। शिक्षकहरुले समाजलाई परिवर्तन गर्ने साहस राख्दछन्। उनीहरुको सोचमा शक्ति हुन्छ। उनीहरुको शिक्षण विधिले समाज रुपान्तरणका हजारांै अभियन्ता जन्माउन सक्छ। कलिलो बालकको दिमागमा शिक्षकको सानो भनाईले जीवनभरी महत्वपूर्ण प्रभाव पार्छ। त्यसैले, शिक्षकले आफूमा भएको शक्तीलाई पहिचान गर्न सक्नुपर्छ। विद्यार्थीलाई पहिलो स्थानमा राखेर आफ्ना सपनाको निर्माण गर्नुपर्छ। त्यसो भएमा हरेक विद्यार्थीले आफ्ना गुरुलाई कहिल्यै बिर्सने छैन।