संविधानसभा निर्वाचनका लागि दल दर्ता खुलेकै दिन लाइनमा को 'पहिलो' भन्ने विषयमा एमाले र माओवादीबीच विवाद भएपछि आयोग परिसर मंगलबार बिहान तनावग्रस्त भएको थियो ।(समाचारका लागि यहाँ जानुहोला) दल दर्ताका लागि एमाओवादीवाट उपाध्यक्ष डा. बाबुराम भट्टराई, महासचिव पोष्टबहादुर बोगटी, एमालेबाट उपाध्यक्षद्वय बामदेव गौतम र विद्यादेवी भण्डारी र अर्का नेता अग्नि खरेल निर्वाचन आयोग पुगेका थिए ।यस्तै नेपाली काँग्रेस, राप्रपा नेपाल, राप्रपा लगायतका दलका प्रतिनिधिहरु पनि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । हेर्नुहोस मंगलबार देखिएको कान्तिपथस्थित निर्वाचन आयोग परिसर फोटोफिचरमा ।