१३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी निलम्बनमा परेका छन्।
घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र असई हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए।
भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै छ जना प्रहरीलाई निलम्बित गर्ने निर्णय गरेको थियो। निलम्बनमा पर्नेहरूमा एसपी डिल्ली विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्।
यो पनि,
निर्मला पन्त बलात्कार-हत्यामा प्रहरीमाथि छानबिन समितिको शंकैशंका (पूर्ण पाठ)