नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधान निर्माण गर्दा नागरिकतामा महिला पुरूष समान गर्न नसकिएकाले अब संशोधनमार्फत त्यसलाई सुधार गर्नुपर्ने बताएका छन्।
भट्टराईले संविधान निर्माणका बेला नेपालीले बिहे गरेका विदेशीलाई सर्त र समानतासहितको व्यवस्था गर्न सहमति भइसके पनि पछि हटाइएको बताए।
‘नेपाली महिला र पुरूष दुबैसँग बिहे गरी आउने महिला पुरूष दुबैलाई समान गरौं बरू १० वर्ष बसेपछि अंगिकृत दिऔं भन्ने कुरामा सैद्धान्तिक सहमति भएर एकपटक त लेखिएको पनि थियो,’ उनले भने, ‘तर पछि पुरूषसँग बिहे गरी आएका महिलालाई दिइहाल्ने र पुरूषलाई नदिने भन्ने कुरा लेखियो। केही साथीहरूले ज्वाइँहरूलाई त दिनै हुन्न भनेका थिए।’
सन्तानमा आमाबाबुको बराबर अंश र वंश सर्ने भएकाले नागरिकता दिन पाउने हकमा उनीहरूलाई विभेद गर्न नहुने भट्टराईको तर्क छ।
नागरिकतामा गर्नु पर्ने व्यवस्थाबारे भट्टराई के भन्छन्? हेर्नुस् भिडियो:
यी पनि हेर्नुहोस् :
गगन थापाको भिडियो ब्लग: किन्तु परन्तु नभनौं, महिलामाथिको विभेद अन्त्य गरौं
भिडियो ब्लग: के नेपाल भन्ने देश महिलाको थोरै, पुरुषको धेरै हो?