कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन्। उनले अब केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन जान लागेको जानकारी दिए। उनले आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए।
बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो। मन्त्री तामाङको राजीनामा पत्र हेर्नुहोस्

