नागरिक उड्ययन तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका छन्।
एमालेलेका तर्फबाट तत्कालीन मन्त्री भीम आचार्यका ठाउँमा मन्त्री बनेका अमात्यले बिहीबार राजीनामा दिएका हुन्। राजनीतिक नियुक्तिलाई दिएर पार्टीको नेतृत्वहरुबाट दबाव आएको भन्दै मन्त्री अमात्यले राजीनामा दिएका हुन्।
अमात्यले पार्टी अध्यक्ष केपी ओलीलाई जानकारी गराएर प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा पत्र बुझाइसकेका छन्।यद्यपी एमालेले नयाँ मन्त्रीको नाम सिफारीस गरेपछि मात्र अमात्यको राजीनामा स्वीकृत हुने स्रोतले बतायो।
स्रोतका अनुसार लुम्बिनी विकास कोषको उपाध्यक्षमा पार्टी अध्यक्ष केपी ओली र झलनाथ खनालले आ-आफ्नो मान्छे राख्न दबाब दिएका कारण मन्त्री अमात्यले राजीनामा दिएका हुन्।
मन्त्रीको यस्तो निर्णयबाट माधव नेपाल र ईश्वर पोखरेलसमेत झस्किएका छन्।
अमात्यले राजीनामा दिएपछि अभ्यक्ष ओली कृपाशुर शेर्पालाई मन्त्री बनाउन लागि परेका छन् भने नेपालले सोम प्रसाद पाण्डेलाई अघि सार्ने भएको एमाले उच्च स्रोतले सेतोपाटीलाई बतायो।