प्रधानमन्त्री सुशील कोइरालाले एमालेका महेश बस्नेत र दीपकचन्द्र अमात्यलाई नयाँ मन्त्री बनाएका छन्। शुक्रबार गरेको मन्त्रिमण्डल पुनर्गठनबाट बस्नेत उद्योग मन्त्री र अमात्य संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन्।
नेकपा एमालेले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउँदै उनीहरूका ठाउँमा नयाँ नाम सिफारीस गरेपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए। एमालेले पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाएर नयाँ सिफारीस गरेको हो। दुई मन्त्रालयबाहेक अन्यमा कुनै परिवर्तन नगरिएको अधिकारीले बताए।