न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमसेर राणाको इजलासबाट अदालतको अवहेलना मुद्दा अर्कै इजलासमा सार्न गरिएको कान्तिपुरको आग्रहलाई अदालतले इन्कार गरेको छ।
शुक्रवारको सुनुवाईमा कान्तिपुरका वकिल रामकृष्ण निरालाले न्यायाधीशद्वयकै आदेशबारे कान्तिपुरले लेखेको समाचार मुद्दाको विषय भएकाले पराजुली र राणाको इजलासले आफ्नो पक्षले बहस नगर्ने जानकारी गराए।
यी आदि तर्क गर्दै निौलाले इजलास फेर्न माग गरे। त्यसपछि कान्तिपुर तर्फकै अधिवक्ता टीकाराम भट्टराईले थपे, 'हाम्रो पक्षलाई यो इजलासमा शंका छ।'
उनीहरुका कुरा सुनेर न्यायाधीश पराजुलीले भने, 'बहस नगर्ने नै हो भने जानुस यो सिंगो अदालत जोडिएको विषय हो। धारणा राख्ने भए हामीले समय दिएकै छौँ।'
कान्तिपुरका वकिल इजलास नफेरे बहस नगर्ने निर्णयमा बसिरहे।
त्यसपछि प्रतिवादी कान्तिपुरका पूर्व स्तम्भकार विजय कुमार पाण्डे कुर्सीबाट जुरुक्क उठे। इजलासमा आफ्ना कुरा राख्न अनुमति मागे। 'श्रीमान, मेरो वकिल कोही छैन। आफ्नो कुरा आफै राख्छु,' विजयकुमारले भने। इजलासले अनुमति दिएपछि उनले बसेकै ठाँउमै उभिएर आफ्ना कुरा राखे। बहस नोट विना उनले फर्रर बोले।
यसरी लागेको थियो बिजयकुमारलाई मुद्दा-
विजयकुमारले इजलासमा गरेको बहसको मुख्य अंशः
– मेरो कपाल डाइङ गरेको छ। फुलेको सेतो कपाल रङले ढाकेेको मात्र हो। अहिले आएका कयौं सञ्चार माध्यम भन्दा पहिला नै म पत्रकारितामा थिए।
– पत्रिकामा विभिन्न व्यक्तिको विभिन्न भूमिका हुन्छ। त्यसै अनुसार जवाफदेहिता पनि निर्धारण हुन्छ। कान्तिपुर पव्लिकेशन्सकी निर्देशक स्वस्तिका सिरोहियालाई पनि बोलाउनुपर्ने कारण म देख्दिनँ।
– श्रीमान तँपाइले गर्ने फैसलाले प्रेस–अदालतको सम्वन्ध निर्धारण हुन्छ। सम्मानित अदालतका माननीय न्यायाधीशहरुले सीमा नाघेको बेला प्रेसले लेख्ने की नलेख्ने? मर्यादा एकपक्षीय मात्रै हुन्छ कि हुदैन श्रीमान?
– अदालत र प्रेसको तिक्तता बढाएर लाने की नलाने? यी दुवै निशस्त्र निकाय हो। हामीले काम गर्दा गल्ती भएको पनि हुन सक्छ। हामीलाई ठहर्याइयोस् या नठहर्याइयोस् भन्न म आएको हैन। इजलासबाट यस्तो नजिर स्थापना होस कि दुवै निकायले सम्मानित महशुस गर्न सकुन्। मिलेर जाँदा मात्रै दुवैको उत्थान सम्भव छ।
न्यायाधीश आफै अदालत होइन। यी फरक हुन्।
(त्यहिँ बीचमा गोपाल पराजुलीले भने– हाम्रो काम प्रतिवादीलाई ठहर्याउने मात्र हैन। भावना हैन तथ्यमा बोल्नुस्।)
– म तथ्य नै बोलिरहेको छु। त्यसमा अलिअलि भावना पनि मिसिएर आउँछ नै। श्रीमान् अदालत र प्रेस सकारात्मक घर्षणबाट चल्छ भन्ने मेरो मान्यता हो।
(त्यसपछि न्यायाधीश राणाले विजयकुमारलाई सोधे– प्रेसलाई कुण्ठित गर्न न्यायाधीश कहाँ चुकेको छ। फेरि विजयकुमारको धारा प्रवाह सुरु भयो)
– वीपी कोइरालालाई पञ्चायतकालमा कानुनमा लेखेकै आधारमा अदालतले छाडेको होइन। न्यायाधीशको विवेकले छोडेको थियो। संक्रमणकालमा अदालत एक्लो टापु हुन सक्दैन।
– प्रेस र अदालत स्वतन्त्र छन्। तर अदालत सभ्य, शिष्ट र शालीनतासाथ चल्नुपर्छ। टिप्पणी गर्नै हुन्न भन्ने होइन। बरु तपाई (न्यायाधीश) को टाउकोमा हामी चढीरहने स्थिति नआओस।
– न्यायाधीशलाई निरञ्जन, निराकार र गंगाजल ठानेमा गलत हुन्छ। तर प्रेस भन्दा अदालत माथि नै हुन्छ। त्यसैले उदारताको प्रदर्शन पनि अदालत बाटै हुनुपर्छ।
–मुद्दाका पक्षले वकिलको सट्टा न्यायाधीश किन्नुपर्ने बेला आएको हो त भन्ने कुरा मैले बजारमा चलेको चर्चाका आधारमा लेखेको हुँ।
त्यसपछि कान्तिपुरका प्रधान सम्पादक सुधिर शर्मा आफ्ना कुरा राख्न उठे। सुरुमै न्यायाधीश पराजुली सोधे 'तपाईले यो इजलासप्रति किन शंका गर्नुभयो?'
न्यायाधीश राणाले उनलाई थप प्रश्न सोधे 'लाग्यो मात्रै कि केही लजिक पनि छ की?'
प्रधानसम्पादक शर्माले यसअघि आदेश दिएका न्यायाधीशले फेरि मुद्दा सुनुवाई गर्न नमिल्ने तर्क राखेपछि पराजुलीले अवहेलना मुद्दामा यो नियम लागू नहुने प्रष्ट पारेका थिए।
अदालतले प्रेसको स्वतन्त्रता खुम्च्याएको शर्माको जिकीरपछि न्यायाधीश पराजुलीले प्रश्न गरे, 'प्रेस ठहर गर्ने निकाय हो कि सुचक मात्रै?'
यसअघि विजयकुमारले अदालतमा यस्तो जवाफ दिएका थिए