पुस ५ गते थाइल्यान्डको बैंककस्थित एक विश्वविद्यालयमा भएको नेपाली विद्यार्थी अपहरणको घटना सेलाउन नपाउँदै पुसको २१ गते फेरि मनकामना घुम्न आउँदा भारतीय पर्यटक अपहरणमा परे। यी माथिका दुवै घटनामा अन्तरदेशीय अपराध हुन् र दुवै घटनामा नेपाल प्रहरीले सफलता हात पार्न सफल भयो।
सामान्यता अन्तरदेशीय अपराध भन्नाले सीमापार हुने अपराध हो। यो अपराध खासगरी कुनै पनि एउटा देशमा मात्र सिमित नभई अपराधीहरुले एक देशमा बसी अर्को देशमा अपराधिक संगठनको विस्तारै गर्दै घटना घटाउन सक्दछन। हालको दिनहरुमा अन्तरदेशीय अपराधले धेरै देशहरुलाई आक्रान्त पारेको छ। खासगरी मानव बेचबिखन, लागूपदार्थ ओसारपसार, अवैध हतियारको कारोबार, अपहरण र अवैध मुद्रा तस्करी हरु जस्ता अपराधहरु अन्तरदेशीय अपराध भित्र पर्दछन्।
विभिन्न किसिमका अन्तराष्ट्रिय नियम कानुन र सुपुर्दर्गी सन्धि र सम्झौताहरुको हस्ताक्षर र यस्तो कानुनको अभावमा अन्तरदेशीय अपराध दिन प्रतिदिन बढ्दै गईरहेको छ। हुन् त् प्रहरीको अन्तर्राष्ट्रिय संगठन ईन्टरपोलले केही हदसम्म यस्ता अपराधहरु माथि नियन्त्रण गर्न आफ्नो सदस्य राष्ट्रहरु मार्फत विभिन्न प्रकारका प्रहरी अप्रेसन सञ्चालन गरे पनि यसलाई अझै विभिन्न अन्तरदेशीय सन्धि सम्झौताको कानुन हरुको अभावमा यस्तो अपराधीहरु सजिलै एक देशबाट उम्केर अर्को देशमा बसी थप अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको देखिन्छ।
पुस ५ गते थाइल्यान्डको बैंककस्थित एक विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गरिरहेका तिन जना नेपाली विद्यार्थी हरु अज्ञात समूहले अपहरण गरेको समाचार एका एक नेपालमा फैलियो। अपहरणमा परेका नेपाली विद्यार्थीका अभिभाबक हरुलाई अपहरणकारीले एक एक करोडको फिरौती माग गरिसकेको थियो। पुस ६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एसपी पीताम्बर अधिकारी बैंकक गएका थिए। पुस ८ गते नेपाल प्रहरी र थाई प्रहरीले संयुक्त अप्रेसन गरेर ३ जना नेपाली विद्यार्थी हरुलाई अपहरणमुक्त गराई अपहरणकारी हरुलाई पक्राउ गर्न सफल भयो। अपराधको वर्गीकरण अनुसार यसलाई अन्तरदेशीय अपराध भनिन्छ।
यो पनि हेर्नुहोस् कसरी अपहरण मुक्त गरेका थिए,
थाइल्यान्डको बैंककस्थित भएको नेपाली विद्यार्थी अपरहणमा पाकिस्तानीदेखि नेपाली अपराधी समेतको संलग्नता प्रहरीले पुष्टि गर्यो। विद्यार्थी थाईल्याण्डमा अपहरण परेपनि फिरौती रकम उठाउन र त्यो रकम मुख्य अपहरणको योजनाकारीहरुसम्म पुर्याउन सहगोग गर्ने काम मा नेपाली अपराधीहरु नै देखिए। यसबाट पनि के प्रष्ट हुन्छ कि, अपराधीहरु अन्तरदेशीय अपराधको जालो विस्तारै विस्तारै फैलाउँदै छन् र अन्तरदेशीय अपराधको जालो नेपालमा पनि जेलिएको छ।
त्यस्तै मनकामना घुम्न आउँदा भारतीय पर्यटक अपहरणमा पनि अन्तरदेशीय अपराधीहरु परे। पोखराको लेकसाइडस्थित हङकङ होटलबाट प्रहरीले २४ घण्टा नबित्दै भारतीय पर्यटकको सकुसल उद्धार गर्न सफल भयो। यो अपहरणमा पनि अन्तरदेशीय अपराधीहरुको प्रयोग भएको देखियो। भारतीय पर्यटक अपहरणमा तीन भारतीय र तीन नेपाली अपहणकारी पक्राउ परे। भारतीय अपहरणकारीलाई नेपालीले सहयोग गरे। हुन्सक्छ भारतीय अपहरणकारीहरुले नेपाली भूमिमा ल्याएर अपहरण गर्दा सुरक्षित तरिकाले फिरौती रकम असुलेर उम्कन्न सकिन्छ भनेर अपहरणको स्थान छनोट नेपाललाई बनाए। तर, नेपाल प्रहरीको सक्रियता र अनुसन्धान सामु भारतीय अपराधीहरु जालो लामो समय टिक्न सकेन फलस्वरुप सबै अपहरणकारी प्रहरीको पन्जामा परे।
यी माथिका दुवै घटनामा कुनै एक देशको मात्र अपराधीहरु संलग्न नभई अन्य देशको अपराधीहरु समेत प्रयोग भएको देखियो। प्रस्ट रुपमा अन्तरदेशीय अपराधको जालोबाट नेपाल टाढा छैन। हुन् त् नेपालमा भएका केहि हत्याका घटनामा प्रहरीले अहिलेसम्म सफलता पाउन सकेको छैन र केही घटनाहरुमा त् प्रहरीले अझै अन्तरदेशीय अपराधिक संगठनको हात रहेको छ भनेर पत्रकार सम्मेलनमा नै मुख खोलेका छन्। तर, पछिल्लो समयमा नेपालमा पर्यटकको भेषमा समेत विभिन्न देशका अपराधीहरु नेपाल पुगेर विभिन्न किसिमका अपराधहरु मा संलग्न हुनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको नै छ।
नेपाल सरकारले विदेशी नागरिकलाई प्रवेश आज्ञा दिंँदा उक्त व्यक्तिको व्यक्तिगत पृष्ठभूमि नहेरी भिसा दिंँदा अन्तर्राष्ट्रिय कुख्यात अपराधीहरु नेपाल छिर्न सकेका छ। भारतसँगको खुल्ला सिमानाको फाईदा उठाएर पनि अपराधीहरु अन्तरदेशीय अपराध क्षेत्र विस्तार गर्दैछन्। नेपालमा अबैध कल बाईपास, भारतीय जालीनोट, लागू औषध कारोबार, अवैध हतियारको ओसारपसार, लोपोन्मुख वन्यजन्तुको तस्करी, अपहरण र हत्यामा खासगरी अन्तरदेशीय अपराधीहरु संलग्न हुँदै आएका छन्।
नेपाल प्रहरी संगठनको व्यावसायिक यात्रा लगभग ६० वर्ष पुग्नै लागेको छ। विदेशमा गएर आफ्नो नागरिक छुटाउन विदेशी प्रहरी संग सवन्मय गरेर अन्तरदेशीय अपराधमा थाइल्यान्डको बैंककस्थित नेपाली विद्यार्थी छुटाउन सयुंक्त अप्रेसन गरेको घटना भने नेपाल प्रहरीको ईतिहासमा सायद पहिलो नै होला। सिमित स्रोत र साधनबाट चलेको नेपाल प्रहरीले यस्तो प्रकारको गम्भीर अन्तरदेशीय अपराधमा विदेश मा गयर सफलता पूर्वक अप्रेसन गर्नु भनेको अत्यन्त सहारनीय काम हो। यसबाट नेपाल प्रहरीले प्रहरी संगठनको ईज्जत मात्र नभई नेपालको इज्जत समेत बढाएको छ।
विश्व बदलिँदो र चलायमान छ। आजको दिनमा नेपालीहरु संसारको एक कुनाबाट अर्को कुनामा रोजगारी, अध्यन, र मनोरंजनको लागि पर्यटक बनेर आउने जाने कुराहरु सामान्य हुन् थालिसकेका छन्। भोलिका दिनमा पनि यस्ता खालका घटनाहरु अन्य देशहरुमा पनि नहोला भनेर भन्न सकिंदैन। भविष्यमा हुन् सक्ने यस्ता खालका अन्तरदेशीय अपराधहरु विरुद्द सफल कारबाही गर्न र नियत्रण गर्न नेपाल प्रहरीलाई अझै आधुनिककरण गर्नुपर्ने टड्कारो आवश्यकता छ।
नेपाल सरकाले बेलैमा ध्यान दिनु जरुर छ नत्र भोलि नेपाल अन्तर्राष्ट्रिय अपराधीहरुको क्रिडास्थल बन्न सक्नेछ।