मुलुकको राजधानी सहर काठमाडौंमा सार्कको महामेला चलिरहेको छ। यसको अवसरमा पाहुनालाई सहज बनाउन भन्दै सरकारले मंसिर १० र ११ गते सार्वजनिक विदा नै दिएको छ।
सुनसान सडक अनि जताततै सुरक्षा कर्मी तैनाथ, आकाशमा सेनाको हवाई स्कर्टिङ लाग्छ ठूलै अपराध हुन लागेको छ तर केहि होइन यो त हाम्रा पाहुनाका लागि गरिएको सुरक्षा र सम्मान मात्र हो।
चिया पसलदेखि ठूला ठूला महलसम्म बन्दैछन्। साच्चै भन्ने हो भने राजधानी कर्फ्यु लागेजस्तै छ। कहिँ कतै बाहिर निस्कन पाउँदैनन्। सर्वसाधारणले मुख्तयः रत्नपार्क, सहिदगेट, भृकुटीमण्डप लगायतका ठाउँहरूमा विशेष गरी होटल सोल्टीदेखि भृकुटी मण्डपको बाटोमा त चरो मुसो नि छिर्न पाएनन्।
पुरानो बसपार्क त २ दिन अघि नै खाली बनाइसकेको थियो। स्वदेशी तथा विदेशी मिडियाभरी सार्क नै सार्क छाएको छ। पत्रिका हेरौ सार्क नै छ। अनलाईन र टिभी त सार्कमय नै भएजस्तो छ।
कसैलाईसार्कले सकस दिएको छ भने कसै-कसैलाई सार्कले नयाँ आसा दिएको छ। म फोटोपत्रकार हुनाले आठै मुलुकका नेताहरुको फोटो खिच्ने सोच बनाएको थिएँ। तर, बिडम्वना सूचना विभाग र राससका फोटो पत्रकारले बाहेक अरुले सार्कको बेल भएका महत्वपूर्ण तस्विरहरू कैद गर्न पाउने रहेनछन्। हुन पनि हो सुरक्षाका कारण यसो गर्नु पनि राम्रै हो। भोलि केही भइदिए जिम्मेवार हाम्रै काधमा हो जस्तो लाग्यो।
महत्वपूर्ण बैठकमा नगए के भयो र काम त गर्नै पर्यो। फेरि यस्तो मौका सायद पाउँछु कि पाउँदिन भनेर नयाँ नयाँ केही उपायहरू सोच्न थाले। फलस्वरूप आज क्यामेरा बोकेर हिँडे फोटोको शिकार गर्न।
नेताकै फोटो खिचेर समाचार बन्ने होइनन्। कुनै कुनै तस्विर आफै समाचारभन्दा बलवान हुन्छन्। सोही शिलसिलामा मैले जे देखेँ अनि भोगेँ हेर्नुहोस् केही तस्विरमा।
घाम ताप्दै ।
साइकलमा घुम्दै।
आफ्नो गन्तव्य जाँदै।
साइकलमा घुम्दै।
घाम ताप्दै ।
आफ्नो गन्तव्य जाँदै विदेशीहरु।
भद्रकाली अगाडि आफ्नो गन्तव्य जाँदै एक अपाङ्ग महिला।
गफ गर्दै साथीभाइहरु।
ट्याक्सी चड्दै।
राष्ट्रिय सभागृह अगाडि सुरक्षारथ खटेका सशस्त्र प्रहरी।
राष्ट्रिय सभागृह अगाडि पशुपति शमशेर ज.ब.रा।
राष्ट्रिय सभागृह अगाडि फोटो खिचाँउदै।
सुजसान सडक।
साइकलमा घुम्दै।
साँझको जुन।