अमेरिकामा बस्ने नेपालीहरुले आगामी संविधानसभाको निर्वाचनमा आफूहरुलाई पनि मताधिकारको ब्यवस्था गर्न माग गरेका छन्।
अमेरिकाको क्यालिफोर्नियामा बसोबास गरिरहेका करिब २५ हजार नेपालीहरुको छाता संगठन नेपाली एशोसिएसन अफ नर्थन क्यालिफोर्निया (नान्स)ले आईतवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी त्यस्तो माग गरेको हो।
पत्रकार सम्मेलनमा मताधिकारसहित दोहोरो नागरिकताको सम्बन्धमा समते अन्य मुलुक जस्तै खुल्ला नीति अपनाउन सरकारसँग माग गरेका थिए।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष उत्तम कार्कीले आफूहरु रोजगारको सिलसिलामा अमेरिका पुगे पनि माया र मन सधै नेपालमा हुने गरेको उल्लेख गर्दै आफूहरुलाई नागरिकको ब्यवहार गर्नु पर्ने बताए।
अमेरिकामा बसेपनि नेपालको आर्थिक विकासमा लगानी भित्राउन पहल गरिरहेको, नेपाली सस्कृति र धर्मलाई अमेरिकामा संरक्षण गरेको, नेपालका पीडित र पिछडिएका वर्गलाई सहयोग गरेको, अमेरिकामा दुख पाएकालाइ सहयोग गर्दै आएको उल्लेख गदै उनले नेपालले जहाँ बसे पनि नेपालीहरुको लागि सोच्नु पर्ने बताए।