भारतको छत्तीसगढ राज्यस्थित बस्तर जिल्लामा भएको आक्रमणमा परि २३ जनाको मृत्यु भएको छ।
नक्सालवादी बिद्रोहीले गरेको आक्रमणमा भारतीय काँग्रेसका बरिष्ठ नेता महेन्द्र कर्मा, पूर्व सांसद उदय मुदलियार, गोपी माधवानी लगायत ४ काँग्रेस कार्यकर्ता र १० सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
परिवर्तन यात्रामा निस्किएको काँग्रेसको र्यालीलाई लक्षित गरी गरिएको भिषण आक्रमणमा परि काँग्रेस बरिष्ठ नेता बिद्याचरण शुक्ल लगायत कयौं मानिस घाईते भएका छन्।
यसअघि नक्सालबादीले काँग्रेस छत्तीसगढका अध्यक्ष नन्दकुमार पटेल, उनका छोरालगायत अन्य आठ जनालाई अपहरण गरेको छ।
परिवर्तन र्यालीका लागि करिब १ सय २० कार्यकर्ता सहित २० वटा गाडीमा बस्तरको सुकमाबाट जगदलपुर जाने क्रममा नक्सालबादीले भिषण आक्रमण गरेका थिए ।
करिब १२ सयको हाराहारीमा आएका आक्रमणकारीले काँग्रेसका बरिष्ठ नेताहरु सहभागी र्यालीमा अन्धाधुन्ध आक्रमण गरेको छत्तीसगढ प्रहरीले जनाएको छ ।