बन्दकर्तालाई वार्तामा बस्न आह्वान, सरकारको वैधानिकता नभएको भन्दै अस्वीकार
काठमाडौं, चैत २५ (सेतोपाटी)– मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीलगायत ३३ दलको नेपाल बन्दले देशभर जनजीवन प्रभावित बनेको छ ।
बन्द फिर्ता लिन र वार्ताद्घारा समस्याको समाधान खोज्न सरकारका प्रवक्ताले आह्वान गरे पनि बन्दकर्ताले टेरेका छैनन् । मोहन वैद्यले शनिबार राजधानीमा आयोजित सभामा सरकार र चार दलको कुनै वैधानिकता नभएको भन्दै वार्तामा नबस्ने उद्घोष गरेका छन् । आइतबार बिहानैदेख बन्दको प्रभाव देखिएको छ । बन्दको हतियारले कुनै दलविशेषको प्रभाव राजनीतिमा कति बढ्ला वा घट्ला, त्यो अहिलेसम्म खासै नापिएको छैन । यही निहुँमा सर्वसाधारण भने प्रताडित हुने गरेका छन् ।
बाराको जितपुरमा एउटा बस बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरिएको छ । काठमाडौंका सडकमा बिहानैदेखि सडकमा सवारी साधन चलेका छैनन् । सधैंझैं धुलो उठाउँदै सवारी साधन गुड्ने सडकमा बिहानैदेखि पैदल हिँड्ने मानिसहरुको भिड छ ।
क्याप्सन– नेकपा–माओवादीले शनिबार जनआन्दोलन दिवसका अवसरमा राजधानीमा गरेको कार्यक्रम । तस्बिर ः क्रान्ति थापा
प्रकाशित मिति: 2013-04-07 08:36:28