सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागद्वारा विशेष अदातलमा मुद्दा दायर गरिएका गुन्डा नाइके गणेश लामालाई पक्राउ नगरिएको दाबी प्रहरीले गरेको छ । यसअघि उच्च सुरक्षा स्रोतले लामा बसन्तपुरबाट ४ बजे पक्राउ परेको जानकारी दिएको थियो । अनुसन्धान भइरहेको भन्दै प्रहरीले लामा पक्राउबारे थप सूचना दिन अस्वीकार गरेको थियो ।
अघिल्लो सातामात्रै विभागले २७ करोड १ लाख रुपैँया कमाएको अभियोगसहित लामाविरुद्द विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । स्रोतले विशेष अदालतले दुई साताको म्याद दिएकाले प्रहरीबाट लामा पक्राउ परेको स्वीकार नगरेको हुनसक्ने दाबी गरेको छ ।
विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका लामा खुलेआम हिँडिरहँदा पनि विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले लामालाई अदालतमा फरार अभियुक्त भन्दै उनीविरुद्द मुद्दा दर्ता गराएको थियो।