जग्गासम्बन्धी झगडामा एक जना गाउँलेलाई जिउँदै जलाएर मार्ने ३५ जनालाई बिहार प्रहरीले पक्राउ गरेको छ । बिहारको पूर्णिया जिल्ला किसनपुर बालुवा गाउँकी प्रधान चिमो देवीका श्रीमान जैनान्दन मण्डललाई गाउँलेले कुटीकुटी र आगो लगाएर शनिबार बिहान हत्या गरेका थिए ।
हिन्दुस्तान टाइम्सका अनुसार पक्राउ पर्नेमध्ये २० जना महिला छन् । प्रहरीका अनुसार सयौं आदिवासीले मण्डलको इँटाभट्टीमा जग्गासम्बन्धी विवादका कारण धनुकाँणले हानेका थिए । त्यसपछि मण्डलले गोली चलाए । रिसाएका आदिवासीले उनलाई कुटीकुटी जिउँदै जलाएका थिए ।