काठमाडौं, चैत २३ (सेतोपाटी)– राष्ट्रपति रामवरण यादवले रातो किताबमा नपरेका योजनामा पनि रकम निकासा भएकोमा चासो व्यक्त गरेका छन् ।
अर्थमन्त्री शंकर कोइराला र अर्थसचिव शान्तराज सुवेदीसँग शुक्रबार राष्ट्रपति कार्यालयमा भेट गर्दै यादवले उक्त चासो व्यक्त गरेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार चन्दा तथा विभिन्न शीर्षकमा दिइने आर्थिक सहायताबारे पनि राष्ट्रपतिले चासो व्यक्त गरेका थिए ।
उक्त भेटमा तीन महिनाकै भए पनि पूर्ण बजेट ल्याउने विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।