एमाओवादीका महासचिव पोष्टबहादुर बोगटीले चारदिन भित्र निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन्।
धनकुटामा बुधबार गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै एमाओवादीका महासचिव पोष्टबहादुर बोगटीले असन्तुष्ट दलहरुबीच सहमति हुननसके सरकारले आफ्नो विवेकले निर्वाचन घोषणा गर्नसक्ने भन्दै चारदिन भित्र संविधानसभाको निर्वाचन घोषणा गर्न सरकारसँग आग्रह गरेका हुन्। 'दुई/चारदिनभित्र संविधानसभाको निर्वाचन मिति घोषणा गरेर अहिलेको समयमा सरकारले आँट गरेर अगाडि बढ्नुपर्ने बताए।
निर्वाचनमा 'थ्रेसहोल्ड' राख्न नहुने र अघिल्लो निर्वाचनकै समानुपातिक प्रतिशत राख्नुपर्ने समेत बताए।
साक्षात्कारमा महासचिव बोगटीले राजनीतिक निकासको विकल्प चुनावमात्रै भएको बताउदै जति छिटो निर्वाचन भयो त्यत्ति छिटो मुलुकले राजनीतिक निकास पाउने हुनाले चाँडो भन्दा चाँडो मिति घोषणा गर्न आग्रह गरेका हुन्।