सगरमाथा आरोहणको क्रममा विवादमा परेका नायक अर्जुन कार्कीले सहयोगीकै रुपमा सफल आरोहण गरेका छन् ।
नायक अर्जुन कार्की तथा म्याराथन खेलाडी सञ्जय पाण्डेलका साथ अन्य ४१ जनाको समूहले सोमबार विहान करिब ७स्३० बजे बिश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।
सहयोगीको अनुमति लिएर आरोहीको रुपमा सगरमाथा चढ्न लागेका भनेर विवादमा परेका नायक कार्कीले सहयोगीकै हैसियतमा सगरमाथा चढेका हुन् ।
यस्तै कार्कीसँग गएकी नायिका निशा अधिकारी पनि सहयोगीकै हैसियतमा सगरमाथा चढ्ने क्रममा ३ नंबर आधार शिबरमा पुगेकी छिन् ।
सेभेन समिटद्वारा संयोजन गरिएको उक्त समूहमा विदेशी नागरिक १४ जना, नेपाली शेर्पा २५ जना र एक जना खेलाडी गरी ४१ जनाको समूहले सगरमाथाको सफल आरोहण गरेका हुन् ।