रातारात गरिएको नक्कली विद्यार्थी भर्ना खारेजीको माग गर्दै नेकपा-माओवादी निकट अखिल क्रान्तिकारीले राजधानीको आरआर क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियू चुनावलाई नै असर पार्ने गरी नक्कली विद्यार्थी भर्ना गराएको भन्दै तत्काल यस्तो भर्ना खारेको लागि तलाबन्दी गरिएको र भर्ना खारेजी नभएसम्म तालाबन्दी नखोल्ने अखिल क्रान्तिकारीले जनाएको छ ।
एमालेको विधार्थी संगठन अनेरास्ववियुले चुनाबमा आफ्नो पक्षमा भोट हाल्न जथाभाबी बिधार्थी भर्ना गरेको बिरोधमा तालाबन्दी गरेको भन्दै नेकपा माओवादी विधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले फर्जी भर्ना फिर्ता नभएसम्म चुनावको प्रक्रिया अगाडि बढ्न नदिने बताएका छन् ।