नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले पर्शुराम बस्नेत लगायतका ५ जना विरुद्ध मुद्धा दायर भएकोमा आपत्ती जनाएको छन् ।
चुनावी प्रचारको क्रममा पाँचथर पुगेका नेता ओलीले अवैध रुपमा करोडौं सम्पत्ति कमाएको आरोपमा मुद्दा चलाइएका पर्शुराम बस्नेत लगयत अन्य डन नभएर खेलाडी भएको तर्क गरे ।
आइतबार अवैध रुपमा करोडौं सम्पत्ति कमाएको भन्दै पर्शुराम लगायत पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । गैरकानुनी रुपमा ठेक्कापट्टा, घर खरिदबिक्री, बैंकिक कारोबार गरेको भन्दै विभागले पाँच गुन्डानाइकेहरु गणेश लामा, परशुराम बस्नेत, चक्रे मिलन, दिपक मनाङे र अभिषेक गिरीविरुद्ध मुद्दा दायर गरेको हो ।
कार्यक्रममा बोल्दै नेता ओलीले निर्वाचन आयोगले निर्वाचनको मिती तोक्न ढिला् गरेको भन्दै ओलीले तत्काल मिति आग्रह समेत गरे ।