राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलको राजनीतिक संयन्त्र खारेज हुनुपर्ने बताएका छन् ।
रिपोटर्स क्लब पश्चिमाञ्चलको आयोजनामा सोमबार बुटबलमा भएको साक्षात्कारमा नेता थापाले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्ने हो भने चारदलिय संयन्त्र खारेज हुनुपर्ने बताएका हुन् ।
उनले निर्वाचनका लागि गठित सरकार स्वतन्त्र रुपले सञ्चालन हुनेभन्दा पनि चार दलको सिन्डिकेडको छायाँ बनेको भन्दै यही अवस्थामा निर्वाचनमा जाँदा सबैलाई बराबरीको स्वतन्त्रता नहुने भएकाले चार दलीय संयन्त्र खारेजी हुनुपर्ने माग गरे ।
निर्वाचन गराउने प्रमुख उद्देश्यका साथ गठित वर्तमान सरकारले चुनावका निम्ति कुनै सार्थक र ठोस काम गर्न नसकेकाले मङ्सिरमा चुनाव हुनेमा पनि शङ्का भएको वताए ।