सनराइजर्स हैदरावाद भारतमा जारी छैठौ इन्डियन प्रिमियर लिग (आइपिएल) को अन्तिम चारमा पुगको छ । कोलकाता नाइट राइडर्सलाई आइतबार राति ५ विकेटले हराउँदै हैदरावाद प्लेअफका लागि छनोट भएको हो ।
यता हैदरावादले कोलकातालाई हराउसँग रोयल च्यालेन्जर्स बेङ्लोर प्ले अफमा पुग्न बाट बञ्चित भयो । यदि आइतबार हैदरावादले कोलकातासँग हारेको भएमात्र बेङ्लोरले प्लेअफमा पुग्ने थियो ।
टस जितेर पहिले व्याटिङ गरेको कोलकाताले निर्धारीत २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । कोलकाताका लागि युसुफ पठानले अभिजित ४९ रन बनाएका थिए । यस्तै ज्याक खालिस २४, गौतम गम्भिरले १० रन बनाएका थिए ।
१ सय ३१ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको हैदरावादले ७ बल बाँकी रहँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।
हैदरावादका ओपनर पार्थिव पटेलले ४७ र शिखर धवनले ४२ रनको महत्वपूर्ण योगदान गरेको थिए । यस्तै दारेन सम्मीले अभिजित १७ रन बनाएका थिए ।
कोलकाताका लागि ईकवाल अव्दुल्लाहले ३ तथा सामी अहमदले एक विकेट लिएका थिए ।
पहिलो प्लेअफमा मंगलबार मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स तथा अर्को खेल बुधबार राजस्थान रोयल्स र हैदरावादबीच हुनेछ ।