शारीरिक र लिखित परिक्षा उतिर्ण गरेपछि प्रहरी सेवामा प्रवेश पाइनछ।तर यहाँ कुनै मिहेनत र दुःखबिना प्रहरीको नक्कली नियुक्ती दिलाईदिने एक जना पक्राउ परेको आजको कान्तिपुरमा खबर छ। प्युठानका २ जनालाई नक्कली नियुक्तीपत्र दिएर हाजिर गर्न पठाउने बरकुलर ८, भरियाटोलका दिलीप विक प्रहरीको फन्दामा परेका हुन्।
प्युठान, हंशपुर ४ का प्रकाश विकसँग प्रहरीमा जागरि लगाइदिने भन्दै उनले जनही ५०- ५० हजार लिएर नक्कली नियुक्तपत्र दिएका थिए।