डेढ महिनाभित्रमा काठमाडौं उपत्यकाको सडक विस्तार कार्यमा ९० प्रतिशत काम सम्पन्न गरिने भएको आजको गोरखापत्रमा खबर छ । उपत्यकाको सडक विस्तार कार्यको अनुगमन गर्न गठित उच्चस्तरीय समितिका संयोजक कृष्णहरु बाँसकोटाका अनुसार उपत्यकामा २०० किमी सडक विस्तार भइसकेको छ। त्यसमध्ये ९० प्रतिशत काम असार मसान्तभित्रमा सम्पन्न हुन्छ। काठमाडौं उपत्यका विका प्राधिकरणले चालु आवमा सडक निर्माणसम्बन्धी २०३३को मापदण्ड अनुसार १३ वटा सडकका १७ किमी, निर्देशित जग्गा विकास कार्यक्रम(जियलडी) अनुसार ४३ वटा सडकमा ३७ किलोमटिर सडक विस्तार गरेकेा छ।