सरकारले धुवाँको कालो मुस्लो उडाउने गाडीलाई हरियो स्टिकर (प्दुषणमुक्त प्रमाणपत्र)दिएको खबर आजको अन्नपूर्णमा छ। ललितपुरको एकान्तकुनानजिक चक्रपथमा आइतबार यस्तै भयो। सन १९९० मोडलको बा२ च ४२०१ नम्बरको भ्यान धुवाँ फाल्दै गुडिरहेको थियो। यतायात व्यवस्था विभागका कर्मचारीले प्रदुषण नाप्ने यन्त्र साइलेन्सुरमा घुसाए तर प्रदुषणको मात्रा मापदण्ड भन्दा बढि भेटीएन।
सरकारले १४ वर्षअघि बनाएको सवारी प्रदुषण जाँच मापदण्डकै आधारमा गाडीलाई हरियो स्टिकर दिएको छ सरकारसँग भएको प्रदुषण जाँच्ने यन्त्रले २०५६ सालपछि भित्रीएका गाडीलाई सम्बोधन गर्दैन।