आगामी जेठ ११ गते त्रिशूली नदीमा ७०० जना सहभागि हुने 'साहसिक जलयात्रा महोत्सव' हुने भएको छ।
नेापलको आन्तरिक तथा बाह्य पर्यटन विकासको लागि नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्ट्स (नारा) को आयोजनामा हुन लागेको उक्त महोत्सवमा ७०० व्यक्तिको सहभागिता रहने आइतबार राजधानीमा पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो।
रजत जयन्ती जलयात्रा महोत्सव २०१३ ना रहेको उक्त महोत्सवमा सहभागि हुनका लागि प्रतिव्यक्ति दुई हजार ५० रुपैयाँ शुल्क निर्धारण गरिएको नाराका अध्यक्ष नानीकाजी थापाले बताए। यात्रामा सहभागि हुनको लागि १४ देखि ७० वर्ष सम्मका मानिसले सहभागि हुन पँाउछन्। सहभागिलाई नेपाली परिकारका खानाको व्यवस्था पनि गरेको आउयोजकले जनाएको छ।
त्रिशूली नदीको बेल्खु पुलदेखि मलेखुस्ाम्म करिब तीन घन्टाको जलयात्रा रहने बताइएको छ।
नेपालमा प्रतिवर्ष करिब २२ प्रतिशत विदेशीले साहसिक जलयात्रा गर्ने गरेका छन्। नेपालमा त्रिशूली, कर्णाली, कालीगण्डकी, भोटेकोसी, माथिल्लो तामाकोसी तथा सुनकोशी नदीमा साहसिक जलयात्रा गर्ने गरिन्छ।
नेपालमा सन् १९७० को दशकदेखि सुरु भएको जलसम्पदामा आधारित साहसिक जलयात्रा व्यवसाय हो।
तस्विर : क्रान्ति थापा