नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाले चुनावका लागि तयार भएको बताएका छन्।
देशव्यापी रूपमा एमालेले सञ्चालन गर्न लागेको 'संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान' को शुक्रबार राजधानीमा सुरू गर्दै अध्यक्ष खनालले एमाले आगामी चुनावको लागि पूर्ण रूपमा तयार भएको बताएका हुन्।
संविधानसभाको निर्वाचनमा भाग लिन अस्वीकार गरिरहेका नेकपा–माओवादी लगायतका दलहरुलाई विनासर्त वार्तामा आइ निर्वाचनमा भाग लिन खनालले आग्रह गरेका थिए।
अध्यक्ष खनालले निर्वाचन क्षेत्र तथा जिल्लामा निर्वाचनको तयारी, पार्टीको रणनीति तथा मुलुकको वर्तमान परिस्थितिका बारेमा प्रशिक्षण अभियान सञ्चालन गरिने बताउनुभयो।
एकदिने पार्टी अभिमुखीकरण अभियान प्रशिक्षण कार्यक्रममा पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यहरुको सहभागिता रहेकोे अभियानमा उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव शङ्कर पोखरेल, युवराज ज्ञवाली, नेता के.पी. ओली, विद्या भण्डारीलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेले जनाएको छ।