तनहुँको जामुनेमा पर्यटक बसले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ।
पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको जामुनेमा शुक्रबार बिहान पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.१ प. ७९० नम्बरको बसले जामुने ३, नयाँबस्तीका ३ वर्षीय बालक सुरज रानाभाटलाई ठक्कर दिँदा बालककको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
घटना पछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयलाई लिएर मृत्तकका आफन्त र स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अबरुद्ध पारेका छन्।