नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस राजधानी र दासढुङ्गा लगायत मुलुककका विभिन्न ठाँउमा विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । जीपका चालक अमर लामा जिबित रहे भने नेताद्धयको निधन भएको थियो ।
भण्डारी र आश्रित चढेको गाडी दाढुङ्गामा परि दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो । भण्डारी र आश्रित निधन भएको शुक्रबार आज २० वर्ष पुरा भएको छ ।