प्रयोगमा नआउने गरी विग्रीएका कम्प्युटर, मोबाइल सेट, टेलीभिजन, फोटोकपी,र प्रिन्टर जस्ता करौडौ थान विद्युतीय उपकरण थुप्रने क्रम बढेपछि नेपाद विद्युतीय फोहोरको डम्पिङ साइट बन्ने खतरा बढेको आजको कारोबारमा खबर छापिएको छ।
जनस्वास्थ्य एवम् वातावरण प्रवर्धन केन्द्र र फोहोरमैला व्यावस्थापने प्राविधिक सहयोग केन्द्रले गरेको अनुसन्धान विद्युतीय फोहोरबारे गम्भीर तथ्यहरू बाहीर ल्याएको छ।
'नेपाली समाज विद्युतीय फोहोर थुपारीने थलोको रूपमा चिनीदै छ ,' केन्द्रका कानुन अधिकृत तथा अध्ययनकर्ता दीपेन्द्रबहादुर ओलीले भने , 'सरकार र सम्बन्धित निकायबीच प्रष्ट्र योजना र नीति नहुँदा नेपालमा वद्युतीय फोहोरको समस्या दिनानुदीन बढेको हो।'
नेपाल सस्ता र निकै कम आयु भएका विद्युतीय समानमा निर्भर रहेपनि विग्रीएपछि निर्यात गर्ने सरकारी नीति छैन। वैदेशिक रोजगारीमा गएकाले पठाएको रेमीट्यान्स र प्रतिव्याक्ति आय वृद्धिसँगै बढेको कमसल तर धेरै विद्युतीय उपकरण उपयोग प्रवृत्तिले यस्तो समस्या आएको अध्ययनले देखाएको छ।