नागरिकता वितरणका लागि सञ्चालित घुम्ती शिविरबाट भारतीयले किर्ते कागजात पेस गरि धमाधम नागरिकता लिइरहेको फेला परेपछि गृहमनत्रालयले तत्काल रोक्न प्रमुख जिल्ला अधिकारीलाइृ सचेत गराउदै लिखित निर्देशन दिएको आजको नागरिकमा खबर छ ।
सिमावर्ती जिल्लामा प्रमुख जिल्ला अधिकारीको हेलचेक्राइँकै कारण विदेशीले नेपाली नागरिकता लिन सफल भएका छन् । वंशजका आधारमा नागरिकता लिन भारतीयले आर्थिक प्लोभन समेत दिने गरेका छन् । ‘हिजो नै लिखित निर्देशन दिएका छौं,‘ गृहसचिव नविन कुमार घिमिरेले भने ।, ‘किर्तै नागरिकता बनाउन कर्मचारीको संलग्नता भेटी कावाही हुन्छ ।’