सद्भावना पार्टीको दोस्रो चरणको आन्दोलनको क्रममा सोमबार देखि जनकपुर सहित मधेश का विभिन्न जिल्लाहरुमा पार्टीका नेताहरुले बिभिन्न माग राखि आमरण अनसन सुरु गरेका छन। सुनसरीमा भ्रष्टाचारको विरोधमा तथा अन्य राष्ट्रिय मुद्धाहरुको साथमा स्थानिय मागहरु समेत राख्दै आमरण अनसन सुरु गरिएको छ।
बिहान आठ बजेदेखि सुरु भएको आमरण अनसनमा केन्द्रिय सदस्यहरु लालकिशोर साह, राजिव झा, निभा साह, क्षेत्रीय अध्यक्ष लक्ष्मण महतो तथा दलित उत्थान मञ्चका केन्द्रिय महासचिव सरगुन पासवानको सहभागिता रहेको थियो। सद्भावना पार्टी जिल्ला कार्य समिति धनुषाले स्थानिय स्तरमा पाँच वटा माग राख्दै स्थानीय जनक चौकमा आमरण अनसन सुर गरेका हो।
उक्त मागहरु मध्ये जनकपुर चुरोट कारखाना लिमिटेडको जेनरेटर तथा नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र जेनरेटर लोडसेडिङको समयमा संचालन गरी धनुषालाई लोडसेडिङ मुक्त घोषणा गर्नु पर्ने, जचुकालिका सम्पुर्ण कार्यरत कर्मचारी र अवकाश प्राप्त कर्मचारीको बाँकी रहेको तलब अविलम्ब चुक्क्ता गरी कारखानालाई संचालनमा ल्याउनु पर्ने, शिक्षीत वेरोजगार युवालाई रोजगारी अथवा वेरोजगारी भत्ताको व्यवस्था गर्नु पर्ने, धनुषा जिल्ला अन्तरगतको हुलाकी सडक कालोपत्रेका लागि आगामी बजेटमा व्यवस्था हुनु पर्ने तथा अन्तरगृह परिक्रमा सडकमा कालोपत्रे गर्नु पर्ने लगायतका रहेको छ। मागहरुको सुनुवाई नभए सम्म अनसन जारी रहने पार्टीका जिल्ला अध्यक्ष संजय कुमार सिँहले जानकारी दिएका छन।
यता, महोत्तरीको जलेश्वर नाथ महादेवको मन्दिरमा सद्भावना पार्टी जिल्ला कार्य समितिले आमरन अनसन थालेका हुन। उक्त अनसनमा पार्टीका केन्द्रिय सदस्य रमण पाण्डे, राष्ट्रिय सल्लाहकार समितिका सदस्य अरुण सिँह थारु, जिल्ला सदस्य कृष्णदेव प्रसाद शर्मा तथा सकृय सदस्य रामबाबु प्रसाद साह रहनु भएको पार्टीका जिल्ला सदस्य धर्मेन्› रायले जानकारी दिएका छन्। निर्वाचनको तिथि घोषणा लगायत १० बुँदे माग राख्दै सद्भावना पार्टीद्वारा सुरु गरिएको आमरण अनसन सोमबार देखि मधेशको २२ जिल्लामा शुरु गरिएको छ।