वैदेशिक रोजागार विभागले श्रम स्वीकृतिसम्बन्धी जानकारी अब एसएमएसमार्फत लिन सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
यस सम्बन्धी जानकारी लिन चाहेको व्यक्तिको आफ्नो पासपोर्ट नम्बर राखी ४००१ मा एसएमएस गरेमा नाम, काम गर्ने पद, कम्पनी, देश, स्टीकर नम्बरसहितको विभागमा रहेको अभिलेखको जानकारी पाइने विभागले जानकारी गराएको छ ।
यो सेवा सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा जान चाहने कामदार तथा तिनका आफन्तले श्रम स्वीकृति भए–नभएको विवरण घरमै बसेर प्राप्त गर्न सक्नेछन्।
यस सेवाबाट सही सूचना प्रवाह भई वैदेशिक रोजगारमा जाने कामदार सङ्गठित ठगीबाट बच्ने विभागले विश्वास लिएको छ।