सुनसरी र नपलपरासीमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
झापाबाट राजधानी आउदै गरेको ना २ ख ९७७९ नम्बरको बसले रोकीराखेको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार राती आएको हावाहुरीले बस अनियन्त्रीत भइ दुर्घटना भएको थियो ।
पाँचथरका कृष्णबहादुर आङ्दम्बे र अर्की एक सनाखत नभएकी महिलाको ज्यान गएको हो ।
घाइतेहरुको बिराटनगर र जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।
यस्तै नवलपरासीमा प्रहरीको गाडीले ठक्कर दिँदा भारतीय नंम्बरको यूपी ५७ एच ४७०४ मोटरसाइकलमा सवार गुठी सुर्यपुरा ४ रतनपुराका मनोज कुशवाहाको ज्यान गएको प्रहरीले जनाएको छ ।