परिवार तथा समाजबाटै अपहेलित हुन थालेपछि बृद्धबृद्धाहरु संगठित हुन थालेका छन । बुढेसकाल लागेपछि छोराछोरीको राम्रो ब्यवहार तथा राम्रो खाने र लाउने आशा बोकेर बसेका बृद्ध बृद्धाहरु परिवारबाटै अपहेलित हुन थालेपछि उनिहरु आफ्नो सम्मान तथा सरकारबाट समेत संरक्षण हुनुपर्ने माग गर्दै संगठित हुन थालेका हुन।
बृद्ध बृद्धाहरुको हक अधिकार सुनिश्चित तथा उनिहरुको सम्मानका लागी भन्दै झापामा जेष्ठ नागरीक प्रतिष्ठानको स्थापना गरी उनिहरु संगठित भएका हुन । प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद दाहालका अनुसार प्रतिष्ठानले विभिन्न समयमा बृद्ध बृद्धाहरुको सम्मान गर्नुका साथै बृद्ध बृद्धाहरुका लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
दाहालले भने 'जसको घरमा बृद्ध बृद्धाहरुका अपहेलाना हुन्छ त्यस्ता परिवारहरुलाई समेत दबाब दिने काम गर्दै आएका छौ।' प्रतिष्ठानले विभन्नि समयमा सरकारलाई दबाब दिनका लागी विभिन्न कार्यक्रमहरु समेत ल्याउने गरेको प्रतिष्ठानका उपाध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए। बृद्ध बृद्धा भएपछि बसि बसि खाने उमेरमा कतिपय बृद्धबृद्धाहरु दुख कष्ट खेपेर बृद्धाश्रममा बस्न बाध्य छन उनिहरुलाई समेत विभिन्न समयमा सहयोग गर्ने गरेको पौडेलको भनाई रहेको छ। बृद्ध भएपछि सरिरले समेत साथ दिन छाड्ने गरेको तर त्यहि वेला परिवारबाट समेत अपहेलित हुनुपर्ने बाध्यतालाई अन्त्य हुन्छकि भन्ने आषाका साथ प्रतिष्ठानमा आवद्ध भएको भएको झापा सतासिधामकि ९० बर्षिय धनमाया खाति बताउछिन। खातिले यस्तो अबस्थामा सरकारले समेत ध्यान नदिदा दुख झनै बढ्ने गरेको बताउछिन। ११ बर्ष अघि दमकमा खुलेको प्रतिष्ठानले अहिले जिल्ला भरीनै आफ्नो सक्रियता बढाउदै गएको छ ।