मलेसियामा जारी एसिसी यु–१९ एलिट कपको सेमिफाइनलमा नेपाल युएईसँग ७६ रनले पराजित भएको छ। यो हारसँगै छ पटक यु-१९ विश्वकपमा सहभागी जनाएको नेपाल अब हुने विश्वकपबाट टाढिएको छ ।
युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो । नेपालले भने ४६.१ ओभरमै अलआउट भएर १ सय ९५ रनमात्र हासिल गर्यो ।