एएफसी प्रेसिडेन्ट्स कप फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले पहिलो जित दर्ता गरेको छ।
राजधानीको दशरथ रंगशालामा भएको दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबले मंगोलीयाको इर्चिम क्लबलाई २–० गोलले हराएको हो।
ऋाजको जितसँगै थ्रीस्टार क्लबले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।
थ्रीस्टारका लागि खेलको १० औँ मिनेटमा विदेशी खेलाडी डोडोडले गोल गरेका थिए भने खेलको ६३ आँै मिनेटमा फेनी जोश्वाले दोस्रो गोल गरेका थिए।
जितसँगै थ्रीस्टारले ४ अङ्क जोडेको छ।
प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा चाइनिज ताइपेइको ताइवान पावर कम्पनी र बङ्गलादेशको आवुहामी लिमिटेडबीच भएको खेल एक–एक गोलको बराबरीमा सकिएको छ।
दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा दुवै तर्फबाट एक एक गोल भएको हो।