नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीलाई गरिएको सिफारीस पुनर्विचार गर्न माग गरेको छ ।
सोमबार इश्वर पोख्रेलको नेतृत्वमा शीतल निवास पुगेको एमालेले कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस अनुमोदन नगर्न लिखित रुपमा असहमति जनाएको छ ।
अख्यितार जस्तो महत्वपूर्ण र संवेदनशील संस्थामा विवादास्पद छवि भएका व्यक्ति उपयुक्त नहुने भएकोले पुनर्विचार गर्न एमाले पत्रमा माग गरेको छ ।
राष्ट्रपतिबाट जनभावनाअनुसार आफूले कदम चाल्ने आश्वासन पाएपछि एमालेले संसद नभएको अवस्थामा संसदीय सुनुवाईसमेत नभएको अवस्थामा राष्ट्रपतिले जनभावनाको कदर गर्ने अपेक्षा गरेको छ ।